प्रदेश

अक्सिजन अभाव हुँदा भारतमा११ संक्रमितको मृत्यु



२८ वैशाख, काठमाडौं ।

भारतको आन्ध्र प्रदेशको एक सरकारी अस्पतालमा अक्सिजन अभावका कारण ११ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार चित्तूर जिल्लाको तिरुपतिस्थित एसभीआर रुइया अस्पतालमा सोमबार राति अक्सिजनको अभाव देखिएको हो । करिब पाँच मिनेट अक्सिजन आपूर्तिमा समस्या आउँदा आईसीयूमा उपचार गराइरहेका ११ बिरामीको मृत्यु भएको थियो ।

यद्यपि मृतकका आफन्तले भने अक्सिजन आपूर्ति पाँच मिनेट नभई आधा घण्टासम्म अवरुद्ध भएको आरोप लगाएका छन् । साथै अस्पतालमा रहेको बिरामीका आफन्तहरुले अक्सिजनको आपूर्ति रोकिँदा मृत्यु हुनेको संख्या पनि ११ भन्दा धेरै रहेको बताएका छन् ।

अस्पतालमा अक्सिजन आपूर्ति रोकिएसँगै केही बिरामीलाई अक्सिजन सिलिण्डरको सहयोगमा अक्सिजन दिइएको थियो तर सबै बिरामीका लागि अक्सिजन सिलिण्डर पु¥याउन सक्ने अवस्था भने थिएन । अक्सिजन आपूर्ति अवरुद्ध हुँदा अस्पतालमा १५० बिरामी भेन्टिलेटरमा थिए । अस्पतालका अधिकारीहरुको लापरबाहीको कारण यो अवस्था सिर्जना भएको डाक्टरहरुको आरोप छ । एजेन्सीहरुको सहयोगमा

प्रकाशित : २८ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६