ब्रेकिंग न्युज

कपिलवस्तुका ३ जना सहित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप १३ संक्रमितको मृत्यु



वैशाख २८, बुटवल – 

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट सोमबार बेलुका यता १३ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरु प्रादेशीक अस्पतालको इमरजेन्सी र कोरोना विशेष अस्पतालको आइसियुमा उपचाररत हुन्। मृत्यु भएका मध्ये ८ जना रुपन्देहीका छन्। बुटवलको वडा नम्बर  १७ का ७८ वर्षिय पुरुष, वडा नम्बर ११ का ३६ वर्षिय पुरुष र ४२ वर्षिय पुरुष, वडा नम्बर १२ का ६३ वर्षिय पुरुषको मृत्यु भएको छ ।  सैनामैना ३ का ४२ वर्षिय पुरुष र सैनामैना १० का ४९ वर्षिय पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ । कञ्चन गाउँपालिका ४ कि ३६ वर्षिय महिला र लुम्बिनी सांस्कृतीक नगरपालिका १ की ५१ व्र्षिया महिलाको पनि उपचारको क्रममा मृत्यु भएको छ । 

कोरोना संक्रमणबाट मृत्यु हुने अन्यमा ३ जना कपिलिबस्तुका र एक एक जना पश्चिम नवलपरासी र प्युठानका रहेका छन्। प्रदेशिक अस्पताल र कोभिड अस्पतालमा उपचाररत कपिलबस्तु बुद्धभूमिका १ का ४० वर्षिय पुरुष, बुद्धभूमि २ का ४० वर्षिय पुरुष र सिवराज नगरपालिका ७ का ३३ वर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । पश्चिम नवलपरासी सुनवल १० का ५९ वर्षिय पुरुष र प्युठानको गौमुखी ७का ५० वर्षिय पुरुषको मृत्यु भएको हो । उनीहरु सबैजसोमा ज्वरो र श्वासप्रवासको समस्या देखीएको लुम्बिनी प्रादेशीक अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभएको छ ।

प्रकाशित : २८ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६