कपिलवस्तु
कोरोनाको कहरमा कपिलवस्तु जिल्लामा कन्तबिजोग बनाएको छ । सङ्क्रमितले उपचार पाउन सकस भएको छ । अक्सिजन नपाएर बिरामी अतालिएका छन् । अस्पतालमा सङ्क्रमितले बेड पाउन नसक्दा भुईँमा पी फर्म राखेर बस्नु परेको छ । जिल्ला भरको स्वास्थ्य सेवाले थेग्न नसकेर बेहाल भएको बेला कपिलवस्तुको यशोधरा गाउँपालिकालाई भने अनौठो रहर जागेको छ । कोरोनाले आक्रान्त बनाएको बेला नियन्त्रणका लागि जोड लगाउने बेलामा भने गाउँपालिकालाई बोका किन्ने रहर जागेको छ ।
बोका र बाख्रा खरिदका लागि पालिकाले वैशाख २७ गते एक सूचना जारी गरेको छ । जसमा बोका र बाख्रा खरिदको लागि दररेट माग भएको छ । तर कति सङ्ख्यामा खरिद गर्ने भन्ने सूचनामा खुलाएको छैन । पशु सेवा शाखाको वार्षिक कार्यक्रम अनुसार बाख्रा पशुप्रजनन्को लागि ६ महिना देखी २ वर्ष सम्मका बोका र बाख्रीको दररेट माग भएको छ ।
पशु विकास अधिकृत अब्दुल सलाम र प्रमुख प्रशासकीय अधिकृत को हस्ताक्षर भएको कोटेसन सार्वजनिक भए पछि कपिलवस्तुका अधिकारकर्मीले विरोध जनाएका छन् । बिपत्का् बेलामा नागरिकको ज्यान जोगाउने पहल गर्ने बेलामा अन्य अन्य खरिद प्रक्रिया अगाडी बढाउनु गलत अभ्यास भएको मानव अधिकारकर्मी रवीन्द्र नाथ ठाकुरले बताउनु भयो । पत्रकार महासंघका उपाध्यक्ष हरी अधिकारीले मानव स्वास्थ्य भन्दा खसी बोका खरीदमा नाफा खान खोजेको भन्दै विरोध गर्नु भएको छ ।
प्रतिक्रिया