अर्थ-वाणिज्य

कपिलवस्तु अस्पतालकालागि विजयनगरको ५ लाख सहयोग



कपिलवस्तु २८ बैशाख । संकटमा परेको अस्पतालमा सहयोग जुटदै गएका छ । यसैक्रमा पत्रकार महासंघ कपिलवस्तुको पहलमा कपिलवस्तुको बिजयनगर गाउपालिकाले जिल्ला अस्पताल तौलिहवालाई  रु ५ लाख प्रदान गरेको छ ।कोरोना संक्रमितको संख्या बढे पछि अस्पतालमा उपचारको समस्या आएको बिषयमा अवगत गराए पछि बिजयनगर गाउपालिकाले अस्पताललाई सो सहयोग गरेका हो । सहयोगकालागि प्रजिअ चक्रपाणी पाण्डेयले समेत गाउपालिका प्रमुख गोपाल थापालाई आग्रह गरेका थिए । 

सो रकम बरामबरको चेक गाउपालिका अध्यक्ष थापाले अस्पतालका ब्यवस्थापक रत्नाकर शुक्लालाई हस्तान्तरण गरेका थिए । कोरोना संक्रमितको सख्या बढे पछि अस्पतालमा उपचारको समस्या आए पछि  अस्पताललाई सो सहयोग गरेको उनले बताए । जिल्ला अस्पतालको विकास तथा कोभिड १९ का विरामिका लागि राहत होस भन्ने उद्देश्यले अस्पताललाई रकम दिएको उनले बताए । 

कोभिड संक्रमित बढदै गएको अवस्थामा आइसोलेशन र अक्सिजनको ब्यवस्थापनका लागि रकम प्रदान गरिएको उनले बताए । कोभिड अक्रान्त भएको समयमा पालिकाले ५ लाख रकम दिनु आफैमा उदाहरणिय भएको नेपाल पत्रकार महासघंका अध्यक्ष किरणमान बज्राचार्यले बताए । अस्पतालका ब्यवस्थापक रत्नकर शुक्लाले संटकमा परको अस्पताललाई सहयोग गरेकोमा धन्यबाद दिदै अस्पताललाई थप सहयोग गर्न सबैमा अपील गरे । महाराजगंज नगरपालिकाले ५ लाख, मायादेबी गाउपालिकाले २ लाख युवा समाजसेबी गोपीकृष्ण शर्माले अक्सिजन सिलिन्डर किन्न चलाएको अभियानमा साढे ७ लाख बढी रकम संकलन गरी सकेका छन । 

प्रकाशित : २८ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६