ब्रेकिंग न्युज

संक्रमित बोक्न दोस्रो पटक घर त्याग गरी हिँडे एम्वुलेन्स चालक अर्याल ।



कपिलवस्तु बैशाख २८ ।

बुद्धभुमीका एम्वुलेन्स चालक कमल अर्यालले कोभिडका विरामी बोक्न दिन रात जुन सुकै वेला पनी सहयोग गर्ने बताएका छन् । नगरपालिका भित्रका कोरोना संक्रमित बोक्दै आएका अर्यालले कोरोनाको दोस्रो लहरमा संक्रमित बोक्नको लागि दोस्रो पटक घर नजाने गरी निस्किएका छन् । संक्रमित ओसार्नका लागि उनी अहिले बुद्धभुमी नगरपालिकाको आइसोलेसनमा वस्दै आएका छन् । 

कोरोनाको पहिलो लहरमा संक्रमित बोक्न एम्वुलेन्स चालक डर मान्दा अर्यालले निर्धक्क साथ संक्रमितको सेवा गरेका थिए । घरबाट आउने जाने गरेका उनीले आफु संक्रमित भयो भने परिवारमा सर्न सक्ने जोखिम भए पछि ६ महिना घर त्याग गरेका थिए । कोरोना लागेका विरामीलाई बोक्ने भए पछि परिवारका सदस्य निकै डराएका थिए । तर पटक पटक सम्झाए पछि 


कोरोनाको दोस्रो लहर फैलिए पछि संक्रमितलाई फेरी पनी सहयोग गर्न भनी उनले दोस्रो पटक घर नजाने निधो गरेका छन् । नगरपालिकामा कोरोना संक्रमित देखिन लागे पछि उनी २ साता देखी पुःन आइसोलेसन सेन्टरमा बस्न सुरु गरेका छन् । उनी बुद्धभुमी नगरपालिकाले गौतम बुद्ध क्याम्पसमा तयार पारेका आइसोलेसनमा वस्दै आएका छन् । संक्रमित ओसार्न परे वा मृत्यु भएमा एम्वुलेन्स लिएर निस्किन्छन् । अरुवेला संक्रमित सँग कुराकानी गर्दै हौसला दिँदै बस्ने गरेका छन् । डवल भेरीयन्टको कोरोना फैलिए पछि निकै डर महशुस गरेका छन् । तर पनी स्वास्थ्य सावधानी अपनाउदै संक्रमितको जिवन रक्षाको लागि जुन सुकै बेला पनी सहयोग गर्ने उनले बताउछन् । 

उनी भन्छन , ‘ एम्वुलेन्स चालक भएको नाताले कोरोना संक्रमित बोक्न जुन सुकै बेला पनी तयार छु । दिन र रातमा जती बेला पनी समस्या भएमा सहयोग गर्ने छु । कसैले सहयोग गर्न अनाकानी गरेमा ९८५७०५२१७० मा फोन गरेमा उपस्थित हुन्छु । हाल सम्म उनले ३ सय वढी कोरोना संक्रमितलाई उपचारका लागि अस्पताल पुराएका छन् । 

प्रकाशित : २९ बैशाख २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६