रुपन्देही ३० बैशाख । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि प्रदेश सभा सदस्य ७९ जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ जना गरी जम्मा २९६ जना मतदाता रहेका छन् ।लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य गरी जम्मा ३०५ जना मतदाता रहेकोमा हाल विभिन्न कारणले प्रदेश सभा सदस्य ८ र स्थानीय तहका सदस्य १ गरी जम्मा ९ जना मतदाता रिक्त रहेको छ’, आयोगको भनाइ छ।
यहाको चुनावमा एकातिर एमाले अर्काे तर्फ कांग्रेस माओवादी जसपा उपेन्द्र समुहको गठबन्धन रहेको छ । यस्तो अवस्थामा एमाले एक ढिक्का भएका केहि मत अन्तरले वढीछ । तर एमालेमा फुट भएमा भने कांग्रेस सहितको गठबन्धनले जीत्ने छ । जनमोर्चा समेत कांग्रेस गठबन्धनमा लागेमा जीतका लागि सहयोगी बन्नेछ ।
यता चुनावकालागि दाङ जिल्ला, घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित कर्मचारी मिलन केन्द्र, दाङलाई मतदानस्थल तोकिएको हो । उक्त मतदानस्थलमा प्रदेश सभा सदस्यका लागि (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको लागि केन्द्र (ख) मतदान केन्द्र तोकिएको छ ।यसैगरी आज निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्यूटर अपरेटरका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
प्रतिक्रिया