अर्थ-वाणिज्य

ओलीले भोली सपथ लिने ,माधव समुहका कम्तीमा ४ मन्त्री थपिने



काठमाडौं ३० बैशाख । संयुक्त सरकार गठनकालागि दिइएको समय ९ वजे सकिएको छ । यो संगै ओलीलाई ठूलो दलका संसदीय दलका नेताले सरकार गठनगर्ने वाटो खुल्ने छ । यसोत विपक्षी गठबन्धनले सरकार बनाउनका लागि घनिभुत प्रयास गरेपनि आवश्यक संख्या नपुग्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै पुनः प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको हो  ।

प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले भोली सपथ खाने गरि आन्तरीक तालिका तय गरिएको छ ।राष्ट्रपति निवास शितलनिवासमा भोली हुने सपथका लागि तयारी सुरु गरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार अबको केही घन्टामा नै प्रधानमन्त्री ओली पुन नियुक्त हुने छन् । 

यसअघि संसदमा विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमो धारा ७६( २)  बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरि कांग्रेस, माओवादी केन्द्र र जसपाको उमेन्द्र बाबुराम पक्षले तयारी गरेपनि जसपाको महन्त —महतो पक्षले साथ नदिएपछि कामचलाउ बनेका प्रधानमन्त्री केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुन थालेका हुन् ।

संसदमा विश्वासको मत पाउन नसकेपछि नेकपा एमालेमा माधवकुमार नेपाल पक्षसँग वार्तालाई तीव्र बनाएको ओली पक्षले अन्ततः माधवकुमार नेपालसँग  सहमति गरेका थिए । ‘ प्रधानमन्त्रीको सपथसंगै माधव नेपाल पक्षधर चार नेता मन्त्री हुँदैछन्,’ ती मध्ये २ जना लुम्विनी प्रदेशवाट रहने स्रोतको दाबी छ, ‘सबैलाई भोली नै सपथ खुवाउने तयारी भइसकेको छ ।’

आज प्रधानमन्त्रीका रुपमा सपथ लिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनपछि संसदमा विश्वासको मत लिनु पर्ने छ । एमाले विभाजित हुनबाट रोकियो र जसपाका महन्थ ठाकुर पक्षले सहयोग गरेको खण्डमा प्रधानमन्त्री ओलीलाई संसदमा बहुमत पुग्ने छ ।

ओलीको निरन्तरताका पक्षमा रहेका महन्त पक्षका सांसदहरुलाई राती ९ बजेसम्म सुरक्षित बनाउन महन्त पक्षले भक्तपुर स्थित एम रिसोर्टमा लगेर राखेका छन् ।माधव नेपाल संगको  सहमति र महन्त  ठाकुर र राजेन्द्र महतोले आफ्ना सांसद सुरक्षित गरेर राखेपछि ओलीका लागि मार्ग प्रसस्त भएको हो । 

प्रकाशित : ३० बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६