प्रदेश

कपिलवस्तुमा १२० थपिए,४४ जना निको,२४ घण्टामा मृतक ?



कपिलवस्तु ३० बैशाख ।कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बिहीबार थप १ सय २० जनामा संक्रमण पुष्टी भएको हो । यो संगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १२ सय ४५ पुगेको छ । यस्तै आज नै ४४ संक्रमित निको भएका छन् ।

स्वास्थ्य कार्यलय कपिलवस्तु कोरोना फोकल पर्सन उमेस घिमिरेका अनुसार बिहिबार थप ५ संक्रमितको ज्यान गएको छ । शिवराज नगरपालिकाका २, कपिलवस्तु नगरपालिकाका १,  वाणगंगा र कृष्ण नगरका १/१ गरी ५ संक्रमितको मृत्यु भएको छ । यो संगै जिल्लामा कोरोना संक्रमणका कारण मृतकको संख्या १०७ पुगेको छ ।

प्रकाशित : ३० बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६