अर्घाखाँची ३१ बैशाख । लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषदले शुक्रबार गरेको निर्णय अनुसार अर्घाखाँची जिल्ला अस्पतालको अध्यक्षमा श्रीकृष्ण भुसाल र सदस्यमा मेनुका पौडेल नियुक्त हुनु भएको छ । । श्रीकृष्ण भुसाल नेपाल कम्युनिस्ट पाटी (एमाले ) जिल्ला कमिटी सचिवालय सदस्य तथा सन्धिखर्क नगर कमिटीका अध्यक्ष तथा मेनुका पौडेल नेकपा एमाले महिला नेतृ तथा अनेम संघ सन्धिखर्क नगरकमिटी अध्यक्ष हुन् ।
उहाहरुलाई यस अघिकै मन्त्री लिलागिरीको सिफारिसमा शुक्रवारको मन्त्री परिषदले नियुक्त गरेको वताइएको छ । अन्य केहि जिल्लामा समेत रिक्त रहेका अस्पताल ब्यवस्थापन समितिमा नियुक्ति गरिएकोछ ।
प्रतिक्रिया