प्रदेश

कोरोना क्याप्सूल :कोरोनालाई हैन काललाई लिन, चौबाटो अनि चोक र चौतारामा नपुग



सरकारले सकेन ,केही गर्दै गरेन 

न अक्सिजन दियो ,न अस्पताल दियो 

न विरामी भएर स्या स्या हुँदा ,पल्टेर नाडि छाम्ने डाक्टर नै दियो  

पल्लो घरको काका अस्पतालमा लडेका छन रे 

अक्सिजन खोज्न काकाका छोरो डौडेका डौडै छन रे 

छिमेकी  गाउँ कि काकी घरै सिकिस्त छिन रे 

परिवार सवै गलेर घरै भित्र छन रे 

उता संगै गाउँ डुल्ने हर्के मर्दा 

लास उठाउन कोहि भएन्न रे 

तर पनि सरकारले केही गरेन र गर्न सकेन रे 

कस्तो असती रहेछ बरै ,यो कोरोना भन्ने जात खै 

गर्ल्याम्मै मान्छे ढलेका छन 

कतिका काख कतिका सिन्दुर रित्तिएका छन 

कति टुहुरा भए कतिका घर नै उजाडिएका छन 

ए भगवान  

लौन सरकारले केही गरेन 

तिमी त सुन मानवको पुकार 

अस्तित्व नै सकिने भयो 

हे ब्रह्ममा विष्णु र महेश्वर 

तिमो सुन्दर रचना मानवको 

अस्तित्व नै सकिन लाग्दा 

टुलुटुलु कसरी सक्छौ हेरेर बस्न तिमी 

हे अल्लाह हे जिसस

आफ्ना सन्तान बचाउ 

केहि त नयाँ चमत्कार देखाउ   

हे मानव  

देवि देउताले समेत पुकार न सुन्दा 

भता भत मान्छे मर्दा 

सरकार त निरीह नै हुदो रहेछ 

तर 

के तिमीले आफ्नो जिम्मेवारि 

पूरा गर्दछौ, 

घर बाहिर न निस्की 

कसै संग न छोई 

केही हप्ता बस्न सक्द छौ ? 

आफै त आउदैन रे 

घर भित्र पस्दैन रे 

तिमी उसलाई लिन चौबाटो सम्म नपुगे 

हो त्यसैले अब अरुको आस नगर

आफू बाच्न आफै जिम्मेवार बन 

घर भित्र बस 

घरको वृद्ध बुवा आमा 

जहान अनि केटा केटि सम्झ 

प्रिय मानवहरु म फेरि भन्दै छु 

आफू परिवार संग 

अझै हास खेल गर्न छ भने 

तिमी आफैलाई सम्झ 

र घर भित्र बस 

कोरोनालाई हैन काललाई लिन 

चौबाटो अनि चोक र चौतारामा नपुग 

(लेखक : बुटवल १३ निवासी एक इन्जिनियर हुन् )

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६