कपिलवस्तु ३१ बैशाख । कोरोना कहरमा घरघरमै स्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान अर्थात इद उल फित्तर शुक्रबार मनाइएको छ । अरवी पात्रो अनुसार हरेक वर्षको नवौं महिनामा एक महिनासम्म रोजा अर्थात व्रत बसेर दशौं महिनाको पहिलो दिन इद–उल–फित्र मनाउने परम्परा छ । मुस्लिम धर्मग्रन्थ कुरान यही महिनामा लेखिएकाले ब्रत बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।
दान दिनु, गरीवको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिर्यानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् । यस बर्ष कोरोना महामारीका कारण मुस्लिम धर्मावलम्बीहरूले घरमै इद मनाइएका छन् भने मस्जिदहरु खाली देखिएका छन् ।
यसैबिच नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले एक प्रेस विज्ञप्ती जारी गर्दै इस्लाम धर्मावलम्बीको महान पर्व ईद –उल –फितरको अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ । जारी सन्देशमा नेपाल बहु जाती, वहु भाषीको साझा फूलवारी रहेको उल्लेख गर्दै सामाजिक एकता, सदभाव, स–अस्तित्व, सहकार्यबाट सबै खाले समस्याको समाधान गर्न सकिने विश्वास ब्यक्त गर्दछौ भनिएको छ ।








प्रतिक्रिया