कपिलवस्तु १ जेठ । कपिलवस्तुको सबै भनदा पश्चिमी पालिका विजय नगरका अध्यक्ष गोपाल बहादुेर थापाले आफू चढ्ने गाडी संक्रमित बोक्ने एम्वुलेन्स बनाएका छन् । यो काम कपिलवस्तुका १० पालिका मधये सबै भन्दा पहिलो कधाम हुन पुगेको छ , कोभिड १९ को जोखिम दिन प्रतिदिन बढ्दै गईरहेको अवस्थामा आफु चढ्ने गाडी नै एम्वुलेन्सका रुपमा प्रयोग गरेर जनताको जीवन वचाउने काम थालेका छन् ।
थापाले जनताको सेवाको लागि आफ्नो सवारी एम्बुलेन्सको रुपमा प्रयोग गरेका छन् । गत बर्ष समेत आफ्नो गाडि सुरक्षाकर्मीहरुलाइ दिएर कोरोना रोकथाममा अध्यक्ष थापा लागि परेका थिए । साथै जिल्ला अस्पतालमा बिजयनगरका १ जना बिरामी अक्सिजन नपाएर ज्यान गुमाए पछि तुरुन्त ब्यवस्थापनका लागि रु ५ लाख सहयोग गरेका थिए ।
बरु आफु हिडेंरै भए पनि आफ्नो काम गर्ने तर आफु चढ्ने गाडी भने महामारी भर विरामीहरुको ओसारपोसारमा प्रयोग गर्ने अध्यक्ष थापाले प्रतिवद्धता व्यक्त गरे ।अहिले गाउँँपालिकाले बिद्यालयका शिक्षकहरुलाइ टोलटोलमा कोरोना रोकथामका लागि सचेतना तथा अवस्था बुझ्न खटाउने गरेको प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराईले वताए ।गाउँपालिकाका जनप्रतिनिधिको कोरोना रोकथामका लागि गरिरहेको प्रयास प्रशंसनिय रहेको गाउँपालिकावासीले बताएका छन् ।








प्रतिक्रिया