कपिलवस्तु
नजिक अस्पताल खुले पछि स्वास्थ्य सेवा पाउने भने पछि जनता दंग पर्छन । चिकित्सकको सेवा पाएर निको हुने आशामा उपचार गराउन जान्छन् । तर सामान्य उपचार खर्चको विल रकम ४० देखी ५० हजार आए पछि विरामीको रोग सन्चो हुनको साटो मानसिक तनाव भोग्नु परेको छ । विरामी लाई चर्को मुल्य लिए पछि कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा रहेको जस्मिन अस्पताल यती बेला विवादको घेरामा परेको छ । शिवराजका शिरीस मगरले आफन्तलाई उपचारका लागि भर्ना गर्दा मनपरी असुली गरे पछि घटना सार्वजनिक भएको छ ।
यसरी लुटदै छ जनतालाई जस्मिन अस्पतालले
अस्पतालले विरामी सँग वढी मुल्य लिएको प्रमाणित भएको छ । अस्पतालले लिएको मुल्य र औषत बजार मुल्यमा धेरै अन्तर भएको पाइएको छ । ल हेर्नुस औषत मुल्य
पिसीएम इन्जेक्सनको औषत मुल्य रु १००।०० अस्पतालले लिएको मुल्य १०००
इन्जेक्सन पेन्टोप्राजोल औषत मुल्य रु १००।०० अस्पतालले लिएको मुल्य ३००
इन्जेक्सन एक्स ओ एन इ एक्स पि औषत मुल्य रु १८०।०० अस्पतालले लिएको मुल्य ८००
इन्जेक्सन हाइड्रो कोटिन औषत मुल्य रु १४५।०० अस्पतालले लिएको मुल्य ५००
इन्जेक्सन एमीकाइन ५०० एमजि औषत मुल्य रु १२०।०० अस्पतालले लिएको मुल्य ८००
इन्जेक्सन मेट्रो औषत मुल्य रु ४८।०० अस्पतालले लिएको मुल्य ४००
एन एस औषत मुल्य रु ८०।०० अस्पतालले लिएको मुल्य ५००
आर एल औषत मुल्य रु ८०।०० अस्पतालले लिएको मुल्य ८००
मल्टी भिटामिन औषत मुल्य रु २०।०० अस्पतालले लिएको मुल्य २००
आइ भि सेट औषत मुल्य रु ३०।०० अस्पतालले लिएको मुल्य २५०
क्यानला औषत मुल्य रु २०।०० अस्पतालले लिएको मुल्य २००
तर अस्पतालले लिएको इमरजेन्सी चार्ज र औषधीको मुल्य भने सामान्य रहेको छ ।
शनीवार शिवराज नगरपालिकाका संचारकर्मीले सामाजिक संजालमा अस्पतालले ज्वरो आएर उपचारका लागि भर्ना भएका एक विरामी संग ४० हजार ६ सय ४० रुपैयाको विल पोष्ट गरेका छन । अस्पतालको लेटर प्याडमा छाप लगाएको विलमा १ हजार ६ सय ४० रुपैया छुट गरी ३९ हजार रुपैया भुक्तानी गरेको देखिएको छ । यसरी उपचार गर्दा सेवा ग्राही सँग चर्को मुल्य लिएको सेवा ग्राहीले पत्रकारको म्यसेन्जरमा पठाएका थिए । फेसबुकमा पोष्ट गर्दै पत्रकार अर्जुन बेल्वासेले सेवाको नामा जनतालाई उपचचारका नाममा लुट्ने स्थानीय सरकार, प्रशासनलाई चुनौती दिँदै निर्वाध रुपमा संचालन हुँदै आएको शिवराज ५ को अस्पताललाई कारवाही गर्न आह्वान गरेका थिए ।
अस्पतालले सुरेन्द्र पोख्रेल लाई ज्वरो आउदा उपचार गर्दा २५ हजार भन्दा धेरै को विल बनाएको हिमेन्द्र पौडेलले बताउनु भयो । विल सार्जजनिक भए पछि अस्पतालले घटनाको विषयमा बोल्नुको साटो फेसबुकमा पोष्ट गर्दै पत्रकार बेल्वासे र चिन्ता बहादुर दर्जीलाई गालि गलौज गरेको छ । फेसबुकमा मार्फत खवरदार भन्दै, घुस खाएर बोलेको उल्लेख गरेको छ । अस्पतालले पत्रकारले उल्लेख गरेका कुरा गलत भएको भन्दै गल्ती ढाक छोप गरेको छ ।
प्रतिक्रिया