रुपन्देही ३ जेठ । जसपा सर्वोच्च अदालतले लुम्बिनी प्रदेश सांसदबाट पदमुक्त भएका चार जनाको रिट निवेदन दर्ता गरेको छ । पदमुक्त हुनु अघि जनता समाजवादी पार्टीबाट सांसद रहेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेको रिट दर्ता भएको हो । गत वैशाख १९ गते नै उनहिरुले सर्वोच्चमा
सवोच्च अदालतको फुल कोर्टले वैशाख ३१ गत संवैधानिक विषयवस्तु जोडिएका र नागरिकको हक अधिकारसँग जोडिएका अन्य खालका निवेदन लिने निर्णय भएसँगै आज रिट दर्ता भएको हो । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै प्रदेश सरकारमा चार जना मन्त्री भएका थिए । कल्पना पाण्डे बाहेक ३ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर समेत गरेका थिए । मन्त्री भएका चार जनालाई जसपाको अध्यक्ष उपेन्द्र यादव पक्षले एकलौटी निर्णय गरेर पदमुक्त गरेको थियो ।
उक्त निर्णयपछि जसपामा विवाद बढ्दै गएको थियो । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले सांसद हटाउने पार्टीले कुनै निर्णय नगरेको दाबी गर्दै आएका छन् । तर यादव र बाबुराम भट्टराईले आफू पक्षीय बहुमत केन्द्रीय कार्यकारिणी परिषदका सदस्यको हस्ताक्षरबाट दल त्याग गरेको भन्दै सांसद पदबाट मुक्त गर्न वैशाख १६ गते लुम्बिनी प्रदेशसभालाई पत्र पठाउनुभएको थियो । पत्र प्राप्त गरे लगत्तै प्रदेशसभा सचिवालयले सांसदहरु मुक्त भएको सूचना जारी गरेको थियो । उक्त निवेदनको सुनुवाइ सोमबार हुनेछ।
प्रतिक्रिया