कपिलवस्तु ४ जेठ । आफ्नै सहोदर भाईलाई कोरोना महामारीमा बचाउन नसकेको गहिरो पीडामा मलम लगाउन कपिलवस्तुकाा सांसद अत्तहर कमालले अरुको ज्यान बचाउन कपिलवस्तु अस्पताललाई उपचार सहयोगार्थ रु ५ लख उपलब्ध गराएका छन् । उनले आफ्नै नेतृत्के गैससका माध्यमवाट यो रकम उपलब्ध गराएका हुन् ।
नेपाली काँग्रेस पार्टिका केन्द्रिय सदस्य तथा प्रतिनिधीसभाका साँसद कमालको पहलमा कतार च्यारिटी र लुम्बिनी एकिकृत बिकास संस्था (लिडो) नेपालको सहयोगको पाँच लाख रुपैयाको चेक तौलिहवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जोडेलाई हस्तान्तरण गरेका छन् ।अस्पताललाई कोभिडका बिरामीको लागि आवश्यक पर्ने अक्सिजन र अन्य स्वास्थ्य सामाग्री खरिद गर्ने प्रयोजनका लागी गरिएको चेक हस्तान्तरण कार्यक्रममा माहुरी होमका अध्यक्ष रवि ठाकुर, गैसस महासंघका उपाध्यक्ष जय प्रकाश पाण्डेय, बुद्धभुमी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कपिलदेव तिवारी, तौलिहवा अस्पतालका व्यवस्थापक रत्नाकर शुक्ला र लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्बासे लगायतको सहभागीता रहेको थियो ।
सहयोग रकम बुझदै कपिलवस्तु अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले आफुहरुले प्रयाप्त पुर्व तयारी गरेको भए पनि कोरोना संक्रमण सोचे भन्दा भयावह स्वरुपमा देखिएको बताए । “जिल्ला प्रशासन कार्यालयको बिपत व्यवस्थापन कोषबाट २२ वटा सिसिण्डर र अस्पतालले केहि सिलिण्डर खरिद गरि हाराहारी ९० सिलिण्डरमा ५० वटा टर्नओभर गर्ने गरेर प्लानिङ्ग गरेर त्यो अनुसार काम गरि राखेका थियौ । तर हामिले सोच भन्दा बढि नै भयावह अवस्थामा आयो ।” मेसु डाक्टर बन्जाडेले भने ।
आफुहरुले पुर्व तयारी गरिए पनि संक्रमणका कारण बिारमीको संख्या एकाएक बढ्दा पुर्ण व्यवस्थापनमा समस्या परेको उनले बताए । अहिले अस्पतालका स्वास्थ्यकर्मी २४ सै घण्टा खटिएर स्वास्थ्य सेवा दिदै आएको उनले प्रष्ट् पारे ।कपिलवस्तु अस्पतालमा उपचार गराउने कोभिडका बिरामीलाई उपचारमा सहयोग पुर्याउन अक्सिजन सहितका स्वास्थ्य सामाग्रीका लागि आफुले पहल गरि संस्थागत सहयोग गरेको साँसद कमालले बताए ।
केहि दिन अघि आफुले कोभिडकै कारण आफ्नै भाईलाई गुमाउनु परेको पिडालाई स्मरण गर्दै साँसद कमालले आगामी दिनमा समेत व्यक्तिगत र संस्थागत सहयोग गर्न आफु प्रतिबद्ध रहेको बताए । “उनले भने हामीले तत्कालै जे जस्तो सकिन्छ सहयोग गर्नु पर्छ । किन भने म पनि कोभिडबाट पिडित नै भएको छु । केहि दिन अघि कोभिडकै कारण मैले पनि परिवारको सदस्य मेरो भाई नै गुमाएको छु ।








प्रतिक्रिया