दाङ ६ जेठ । कोराना महामारीले आमनागरिकको स्वास्थ्यमा संकट पारेकाले लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा स्वास्थ्य क्षेत्रमा विशेष बजेट व्यवस्था गर्न सरोकारवालाले सुझाव दिएका छन् ।महामारीले आक्रान्त भएकाहरुलाई सान्त्वना दिने गरी कोभिडले पारेको प्रभाव र क्षतिपूर्तिका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने उनीहरुको सुझाव छ ।
उद्योगी, व्यवसायी, प्रशासन लगायतका क्षेत्रका अनुभवी तथा विज्ञहरुले भर्चूअलमा कोभिड–१९ ले सर्वसाधारणदेखि उद्योग, व्यवसाय र रोजगारमा अत्याधिक प्रभाव पारेको हुँदा त्यो क्षेत्रको पुनः सञ्चालन र व्यवस्थापनका लागि विशेष बजेटसँगै योजना ल्याउनुपर्ने निष्कर्ष निकालेको हुन् ।
आर्थिक अनुसन्धान केन्द्र नेपालले ‘लुम्बिनी प्रदेशको २०७८/७९ को बजेटमा क्षेत्रगतरुपमा समेटिनुपर्ने पक्षहरु’ विषयमा आयोजना गरेको संवाद कार्यक्रममा सहभागीहरुले कोरोना महामारीपछिको समयलाई ध्यानमा राखेर बजेट तथा योजना तय गर्न सुझा दिएको अध्यक्ष हुमराज भुसालले जानकारी दिए ।कार्यक्रममा सहभागी प्रतिनिधिको जवाफ दिँदै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी बजेट कोरोना केन्द्रित रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया