प्रदेश

स्वास्थ्य समस्या देखिएका मन्त्री श्रीवास्तवको काठमाडौमा उपचार शुरु , अक्सिजनको जिम्मा मन्त्री आचार्यलाई



कपिलवस्तु ६ जेठ । कोरोना संक्रमण पुष्टि संगै स्वास्थ्य समस्या देखिएका लुम्विनी प्रदेशका शिक्षा तथा सामाजिक विकास  मन्त्री  धरम वहादुरलाल श्रीवास्तवको काठमाडौमा पुराएर  उपचार शुरु  भएको छ ।  स्वास्थ्यमा समस्या देखिएपछि बुधबार स्वाब परीक्षण गरेका मन्त्री श्रीवास्तवको बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएको उहाको सचिवालयले जनाएको छ। ज्वरोसँगै छातीमा समस्या देखिएपछि एक्सरे गर्दा छातीमा इन्फेक्सन देखिएको मन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्री श्रीवास्तवका स्वकीय सचिव आकाश पाठकले एक्सरे रिपोर्टमा छातीमा अलि बढी इन्फेक्सन देखिएपछि बुटवलवाट काठमाडौं  रिफर भएको वताउनु भयो। कपिलवस्तुको निर्वाचन क्षेत्र नं. २ ख बाट निर्वाचित श्रीवास्तव वैशाख २१ गते मुख्यमन्त्री पोखरेलले तेस्रोपटक गरेको मन्त्रिमण्डल विस्तारपछि सामाजिक विकासमन्त्री हुनु भएको थियो ।

यता जिल्ला अस्पताल अर्घाखाँचीको लागी अक्सीजन पलान्त नबन्दा सम्म अक्सीजन रिफिलको जिम्मा र ग्यारेन्टी आफुले गर्ने लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले बताएका छन् ।  ‘जिल्लामा अक्सीजन पलान्ट निर्माणको काम अगाडि बढेको छ । अक्सीजन उत्पादन नहुदाँ सम्मको लागी  बुटवलबाट अक्सीजन रिफिल गर्ने ग्यारेन्टी मैले र मेरो सचिबालयले गरेको छ ।

 युबासंघ नेपाल अर्घाखाँचीका पदाधिकारीहरु संगको भर्चुवल बैठकलाई सम्बोद्धन गर्दै आचार्यले जनताका जनप्रतिनिधीले कोरोना रोकथामका लागी गरेका प्रयासहरुलाई यिनिहरुले केही पनि गरेन्न् भनेर भ्रम खोती गर्न खोजिएको आचार्य भने ‘हामिले जिल्ला अस्पतालमा अक्सीजन पलान्ट गर्नको लागी उर्जामन्त्री दिन रात नभनि लाग्नु भयो ।

प्रकाशित : ६ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६