ब्रेकिंग न्युज

जसपा नेताले माओवादी नेतालाई गोली हानेको खुलासा



कपिलबस्तु 

नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेमाथि गोली प्रहार गर्ने २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार राति पाण्डेमाथि गोली प्रहार गर्ने घटनाका आरोपित कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ बर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका वडा नं. २ बस्ने बर्ष ३३ का  साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । घटनाका मु्ख्य नाइके यादव जनता समाजवादी निकट विद्याथी संगठन समाजवादी विद्यार्थी युनियनका लुम्वीनी प्रदेश अध्यक्ष र पार्टी लुम्विनी प्रदेश संसदीय दल नेता सहसराम यादवका स्वीय सचिव समेत हुन । नेता पाण्डेको पेटमा २ राउण्ड गोली प्रहार प्रहार भएको थियो । 

घटनामा संलग्नबाट लु १६ प ३४९७ नं. को पल्सर मोटरसाइकल, दुई थान मोवाईल,  एक थान जंगी राउण्ड थान, एक थान खोका पनि बरामद गरिएको  कपिलवस्तुका प्रहरी उपरीक्षक  नवराज अधिकारीले  बताए । आरोपित यादवले व्यक्तिगत झगडाका कारण गोली हानेको स्विकार गरेको प्रहरीले जनाएको छ । बुधवार राती ११ बजे भएको घटनाको प्रहरीले बिहिवार दिउसो १२ बजे संदिग्ध व्याक्तीको पहिचान गरेको थियो । 

नेता पाण्डे कपिलबस्तु नगरपालिकाको सडवाबाट तौलिहवा तर्फ आफ्नो निजी मोटरसाइकलमा आउँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । पाण्डेसंगै रहेका  अर्का भारतीय नागरिक मोहमद ईसाद खान पनि घाइते भएको र उनको अबस्था भने सामान्य रहेको छ । तर पाण्डेको शरीर को दुई स्थानमा गोली लागेको र गोली प्रहार लगत्तै उनलाई कपिलवस्तुमा उपचार हुन नसके पछि भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अबस्था गम्भीर रहेको बताइएको छ ।  

प्रकाशित : ८ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६