काठमाडौँ ८ जेठ । प्रतिनिधिसभा विघटन विरुद्ध विपक्षी पाँच दलले कानूनी लडाइ लड्ने भएका छन् । शनिवार बालुवाटारमा बसेको कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाको संयुक्त वैठकले कानूनी लडाई लड्ने निर्णय गरेका हुन् ।संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध विपक्षी दलका नेताहरु आइतबार सर्वोच्च अदालत जाने भएका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसको विरोधमा रहेका यी दलहरुको बैठक बसेको थियो ।
महामारीमा सबै राजनीतिक शक्ति र राष्ट्रलाई एकताबद्ध रुपमा अगाडि बढाउनुपर्नेमा जनप्रतिनिधि संस्थालाई विघटन गर्ने जस्तो गैरजिम्मेवार कार्य भएको विपक्षीहरुको आरोप छ । उनीहरुले निर्वाचन नगराउन र निरंकुश सत्ता लम्ब्याउनको लागि मात्र चुनावको घोषणा गरिएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया