प्रदेश

नेपाल सहित एघार जनालाई एमालेवाट हटाउने तयारी



काठमाडौं ८ जेठ । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्षलाई प्रधानमत्रीबाट हटाउन र विपक्षी दललाई सरकारमा पुर्‍याउन हस्ताक्षर गरेका निवर्तामान  सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा एमालेको माधवकुमार नेपाल समूहका २६ सांसदको हस्ताक्षर पेश गरेका थिए 

तर ११ जनालाई मात्र स्पष्टीकरण सोधिएको छ । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पर्सि विहानसम्म स्पष्टीकरण बुझाउन भनिएको छ ।

कस्तो स्पष्टीकरण आउँछ, त्यसमा आधारित भएर पार्टीले थप निर्णय उनले बताए ।

२६ जनामध्ये अरु चाहिँ मुलधारमा फर्किनु भएको हो भन्ने प्रश्नमा एमाले प्रवक्ता ज्ञवालीले भने ‘उहाँहरुमध्ये कतिले मैले हस्ताक्षर गरेको छैन भनेर वक्तव्य दिनुभएको छ । कतिययले माधवकुमार नेपालले मलाई प्रधानमन्त्री बन्ने वातावरण बन्यो, त्यसका लागि समर्थन गर्नुस् भनेकाले मात्र हस्ताक्षर गरेका हौं । शेरबहादुर देउवालाई हाम्रो समर्थन छैन भनेर प्रतिक्रिया दिनु भएको छ । उहाँहरुसँग छुट्टै कुरा गर्छौं ।’

प्रकाशित : ८ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६