प्रदेश

एमाले स्थायी कमिटीको बैठक बस्दै



काठमाडौं, १० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले बालुवाटारस्थित निवासमा सोमबार दिउँसो १२ बजेपछि स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठकमा संसद विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुने एक नेताले जानकारी दिएका छन् ।

यसअघि ८ जेठमा बसेको स्थायी कमिटीले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो ।

स्पष्टीकरण बुझाउन भनेर दिइएको समयअवधि पूरा भएकाले सोमबारको स्थायी कमिटीको बैठकले थप निर्णय लिन सक्ने अनुमान छ । यता नेपाल–खनाल पक्षले भने ओलीलाई स्पष्टकीकरण नबुझाउने भएको छ । एमालेले खनाल–नेपाल समूहका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन अस्ति पत्र पठाएको थियो ।

पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको खनाल–नेपाल समूहका नेता भीम रावलले टिप्पणी गरेका छन् ।

‘स्वयम् केपी शर्मा ओली एमालेको अवैध अध्यक्ष भइसक्नु भएको छ । कार्यकर्ताको मनोबल गिराउने र एकपछि अर्को असंवैधानिक कदम अघि बढाउने काम पटक–पटक गरिरहनु भएको छ’ नेता रावलले भने, ‘अवैध अध्यक्षले सोधेको स्पष्टीकरण दिइरहनु पर्ने आवश्यकता छैन र हामी स्पष्टीकरण पनि दिँदैनौं

प्रकाशित : १० जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६