काठमाडौं 10 जेठ । तरल अक्सिजन ल्याउनेका लागि भारतले नेपाललाई दुई टयांकर दिने भएको छ ।
भारतबाट तरल अक्सिजनको सहज आपूर्तिको लागि क्रायोजेनिक एवं अन्य अक्सिजन ट्यांकरहरु उपलब्ध गराउन नेपालले भारतलाई आग्रह गरेको थियो ।प्रधानमन्त्री एवं मन्त्रीपरिषद् कार्यालयका अनुसार उत्तर प्रदेश सरकारले डी एण्ड टी ट्रेडर्सबाट दुई ट्यांकर आउने टुंगो लागेको छ ।
भारतले नेपाललाई आवश्यक पर्ने तर अक्सिजन उपलब्ध गराउन थालेको छ ।
भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै भारतले आपूर्ती रोकेको थियो र नेपालले सुचारु गर्न पटक पटक आग्रह गरेको थियो ।
प्रतिक्रिया