अर्थ-वाणिज्य

अक्सिजन प्लाण्ट स्थापनार्थ पत्रकार महासंघद्धारा ६० लाख प्रदान



गुल्मी १० जेठ । गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि पत्रकार महासंघ गुल्मीले गुल्मी अस्पताललाई ६० लाख प्रदान गरेको छ ।सोमबार गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेय र मेसु डाक्टर उत्तम पच्यालाई पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले ६० लाख रुपैयाँको चेक प्रदान गरेका हुन् । पत्रकार महासंघ गुल्मीले जिल्लामा अक्सिजनको अभाव हुन नदिन २५ बैशाखबाट  जिल्लामा अक्सिजन अभियान संचालन गरेको थियो ।

सोही अभियान मार्फत संकलन भएको ५० लाख र जिल्ला समन्वय समिति गुल्मीले पत्रकार महासंघलाई प्रदान गरेको  १० लाख गरेर ६० लाख रुपैयाँको चेक अक्सिजन प्लाण्टको लागि अस्पताललाई प्रदान गरिएको अभियान्ता तारा भुसालले जानकारी दिए । पत्रकार महासंघले केही समय अघि अक्सिजनको अभाव बढेपछि पाँच लाख रुपैयाँ बराबरको ग्याससहितका २० वटा ठूला अक्सिजन सिलिन्डर अस्पतालाई प्रदान गरेको थियो ।

अहिले पनि सिलिण्डर भर्ने काममा महासंघले सहजीरण गरिरहेको शाखाका सचिव प्रेम सुनारले बताए । उनले त्यो बाहेक महासंघको आइसोलेसनमा रहेका सिलिण्डर समेत पनि तत्काल अस्पताल र बिरामी बाहिर रेफर गर्नुपर्ने अवस्थामा प्रदान गर्ने गरिएको जानकारी दिए । पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले सरकारसंग समुदाय साझेदारी गरेर प्लाण्ट निर्माणको काम थालिएको बताए ।

उनले अहिलेको कोभिडलाई मात्रै नभएर केहि समयमै निर्माण हुने सय बेडको अस्पताल, स्थानीय तहहरुमा निर्माण हुने १५ शैयाको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीहरुको अक्सिजन आपुर्तिलाई ध्यान दिएर डेढ करोड बढिको अक्सिजन प्लाण्ट संचालन गर्न थालिएको जानकारी दिए ।

अर्यालले अब महासंघले अभियानसंगै तत्काल प्लाण्ट संचालन गर्न दवाद सृजना गर्ने बताए । सरकारी खरिद प्रक्रियाको ढिलासुस्ती प्रति नागरिकले शंका गरेका छन्, उनले भने, अक्सिजन सुनिश्चता नहुने बेलासम्म अभियान र दवाद रोकिदैन ।, यो अभियानमा देश तथा बिदेशबाट करिब ७० लाख रुपैयाँ संकलन भएको शाखाका सचिब प्रेम सुनारले जानकारी दिए । बैकहरु बन्द भएकाले बोल रकम पनि उठन केहि उठन बाँकी रहेको उनको भनाइ छ।

सुनारले तत्काल पठाउन बाँकी रकम पठाएर सहयोग गर्न सवैलाई आग्रह गरे । गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि नेपाल सरकारको एक करोड र आइसियुको लागि २ करोड रुपैयाँ विनियोजन भएको छ । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा उक्त रकम विनियोजन भएको हो । गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले पत्रकारहरुले देशमै नमुना काम गरेको बताए ।

उनले पत्रकारले लेख्ने र आलोचाना मात्रै गर्दैनन नागरिकको सुख दुख र महामारीमा एक छन् भन्ने सन्देश दिएको बताए । उनले एक हप्ते सूचना प्रकाशन गरेर यथाशिघ्र प्लाण्ट स्थापना गर्ने प्रतिक्रिया दिए ।राजनैतिक दलहरुको तर्फबाट कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठ, एमाले नेता कृष्ण सुनार, हिरा एसी, माओवादी केन्द्रका नेता विर बहादुर कार्की लगायतले पत्रकारले संचालन गरेको अभियानले राज्यको समेत आँखा खोल्दिएकोमा उच्च प्रसंसा गरे ।

प्रकाशित : १० जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६