कपिलवस्तु ११ जेठ ।कोरोना महामारीको दोश्रो लहरको रोकथामको लागि जारी लकडाउनका कारण सम्पुर्ण होटल तथा रेष्टुरेन्टहरु बन्द भएको अवस्थामा बहादुरगंज स्थित शिवराज अस्पतालमाबिरामी, कुरुवा र आइसोलेसनका संक्रमितहरुलाई निःशुल्क खाना उपलब्ध गराउन “भोजनालय” संचालन गरिएको छ । एसोसिएसन अफ नेपाली तराई इन अमेरिकाको सहयोग तथा कृष्णनगर नगरपालिकाको सहकार्यमा आजदेखी फुड किच्चन संचालनमा आएको हो ।
एक कार्यक्रममा बिच सुरुवात गरिएको निः शुल्कभोजनालयलाई कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले आफ्नो व्यक्तिगत तर्फबाट पचास हजार रकम सहयोग उपलब्ध गराएका छन्, चन्द्रौटाका व्यापारी विजय जयसवाल एक क्विन्टल चामल र समाजसेवी शैलेष प्रताप शाहले रकम रु ५ हजार १ सय आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।यसै गरि गत शनिबार नै अन्टा र कपिलवस्तु नगरपालिकाको सहयोग तथा साझा प्रयास अभियानको आयोजनामा जिल्ला सदरमुकाम तौलिहवा निःशुल्क भोजनालय संचालनमा रहेको छ ।
तौलिहवा स्थिती कपिलवस्तु नगरपालिकाको अतिथी गृहमा संचालित निः शुल्क भोजनालयले तौलिहवाको कोभिड अस्पताल र जिल्ला अस्पतालमा रहेका बिरामीहरु एंव कुरुवाहरुलाई खाजा, नास्ता र माग अनुसार खाना उपलब्ध गराउदै आईरहेको अभियानका संयोजक रविन्द्रनाथ ठाकुरले बताए । उनले अभियान अन्तरगत तौलिहवा क्षेत्रका बिभिन्न चोक तथा बजार क्षेत्रमा डियुटीमा खटिएका सुरक्षाकर्मीहरुलाई बिहान र साँझ चिया नास्ता उपलब्ध गराईएको समेत जानकारी दिए । अभियानले सुरु गरेको निःशुल्क भोजनालयमा लकडाउनका समस्यामा परेको जो कोही पनि पुगेर खाना खान सक्ने साझा प्रयास अभियानका सदस्य सन्दिप कसौधनले बताएका छन् ।
कोरोना संक्रमणका कारण होटेल व्यवसाय बन्द रहेका अवस्थामा स्वच्छ र सुरक्षित खाना पाउँदाबिरामीहरु खुशि भएको शिवराज अस्पतालका मेडिकल अधिकृत मुकेश चौधरी बताउँछन् । उनले आन्टा संस्थालाई धन्यवाद दिदै सहयोगी सबै यो विषम परिस्थितिमा यस्ता पुन्य कार्यमा हातेमालो गर्न अनुरोध गरेका छन् । दुवै स्थानमा संचालनमा रहेका भोजनालयमा बिहान बेलुकी नास्ता र दुई छाक खाना व्यवस्थापन गरिएको छ ।








प्रतिक्रिया