कपिलवस्तु १२ जेठ । कपिलवस्तुको महाराजगंज नगरपालिका १ महाराजगंज बस्ने सुदिप विश्वासले एमबिबिएस पढेर डाक्टर बन्ने लक्ष्य लिएका थिए । परिवारको पेसा मेडिकल रहेको हुँदा आमाब्ुवाको चाहना समेत डाक्टर बनाउने थियो । तर बुवाको नागरिकता जन्म सिद्ध भएको कारणले उहाँको नागरिकता बन्न सकेन । एमबिबिएस पढ्नका लागि फारम भर्दा नागरिकता चाहिने भए पछि उनको डाक्टर बन्ने सपना अधुरो रहयो । नागरिकता नभएको कारण उनले नेपालमा उच्च शिक्षा पढ्न नपाउने भए पछि सुदिप भारतको आन्ध्रप्रदेशमा गई फार्मेसी विषयलिएर स्नातक पुरा गरेका छन् ।
नेपाल सरकारले नागरिकता सम्वन्धी अध्यादेश जारी गरेपछि विश्वास परिवारको डाक्टर बनाउने आशा पुनः ब्युँतिएको छ । सुदिपमा भाइ आकाश एमबिबिएस को तयारीमा जुट्न सुरु गरेका छन् । वर्ष १९ का आकाश अघिल्लो वर्ष काठमाण्डुमा गई एमबिबिएसको तयारी कक्षा लिएका थिए । नागरिकता नभए पनि आवेदन गर्न पाइने विश्वास दिलाए पछि उहाँले तयारी कक्षामा सामेल हुनु भएको थियो । तर नागरिकताका कारण आवेदन रद्द भएको थियो । सरकारले नागरिकता पहिलो संशोधन अध्यादेश २०७८ प्रमाणीकरण भए पछि विश्वास परिवार निकै खुसी भएका छन् । बुवा सुदामा विश्वास र आमा नानु माया आचार्यले जेठोले नपाए पनी कान्छोको डाक्टर बनाउने सपना व्युतिएको बताउनु भयो । आकाशले अवनागरिकता पाउनेमा ढुक्क छन् । नागरिकता प्राप्त गरे पछि उहाँले बैंक खाता खोल्ने र सवारी चालक अनुमति पत्र समेत बनाउने योजना गरेका छन् ।
जन्मसिद्ध बुवामा सन्तान भएका कारण महाराजगंज २ गैडहवाका कृष्णचन्द्र पासीका २ छोरा विनय र विमलको नागरिकता छैन । कृष्णचन्द्रका बुवा नेपालमा शिक्षण पेसा गरी रिटायर हुनु भएको छ । नागरिकता नभएकै कारण कृष्ण गैर सरकारी सँस्थामा जागिर खानबाट वन्चित हुनु भयो । बुवाको नागरिकताबाट स्टेश्नरी पसल दर्ता गरि निजी विद्यालयमा शिक्षण गर्दै आउनु भएको छ । उनका २ छोरा विज्ञान विषय लिई स्नातक तहको अध्ययन पुरा गर्दै छन् । तर नागरिकताकै कारण जागिर खान नमिल्ने भएको छ । प्लस २ सम्म नेपालमा अध्ययन गरे तर माथिल्लो कक्षा पढ्न नागरिकता चाहिए पछि उनी भारत तर्फ हानीए । नागरिकता पछि पेस गर्ने भनी अध्ययन गर्दै आएका छन् । नागरिकता पेस नहुँदा सम्म उनीहरुलाई प्रमाण पत्र नपाउने क्याम्पसले सचेत गराएको छ । अव हाम्रो समस्या समाधान हुन्छ २३ वर्षका विनयले भन्नु भयो ।
जन्मसिद्ध नागरिकता भएकाका सन्तानले नागरिकता पाए पछि दशकौँ देखी वन्चित भएका नेपाली नागरिकले नागरिकता पाउने भएका छन् । अध्यादेश जारी भएपछि भारतीय नागरिकले नागरिकता पाउने भनी सामाजिक सञ्जालमा भ्रम फैलाउँदा नागरिकता विहीन नागरिक दुखित भएका छन् । कानुनका अभावमा हजारौँनागरिक राज्यबाट पाउने न्युनतम सेवाबाट वन्चित हुनु परेको सामाजिक अभियन्ता शिवलाल यादव बताउनु हुन्छ ।
फोटो विवरण M बुवा जन्मसिद्ध र आमा वंसजका सन्तान भए पनी नागरिकता विहिन भएका कपिलवस्तु महाराजगंज नगरपालिका १ का सुदिप विश्वास परिवारको साथमा
प्रतिक्रिया