कपिलवस्तु,जेठ १३।कपिलवस्तुका २ महत्वपूर्ण सामुदायिक सस्थालाई नेपाली कांग्रेसका युवा नेता तथा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले कोभिड संक्रमणवाट बच्न सहजहोस भनेर स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ । ती २ सस्थाको अफिसमा उपस्थित भएर उहाले सामाग्री हस्तान्तरण गर्नु भएको हो । जस अनुसार कपिलवस्तु सामुदायिक अस्पताल र कपिलवस्तु संचार सहकारी सस्थालाई स्वास्थ्य सामग्री प्रदान गर्नु भएको हो । उहाले २५६५ औं बुद्ध जयन्तीको अवसर पारेर विहिवार अस्पताल र रेडियो एवम टेलिभिजनलाई फरक कार्यक्रमका बिच स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।
कोेरोना संक्रमणको माहमारीको बिषम अवस्थामा स्वस्थ्य सामग्रीले स्वास्थ्य कर्मिहरु र संचारकर्मीलाई उपचार र काम गर्नमा सहज पार्नका लागि माक्स, पिपिई सेट, गल्भस जस्ता सामग्रीहरु प्रदान गरिएको बताईएको छ ।उहाले रोग प्रतिरोधी क्षमता बढाउने आयूर्बेदीक औषधी आयूर क्याथ समेत हस्तान्तरण गर्नु भएको हो ।स्वस्थ्य समगी्र ग्रहण गर्दै अस्पतालका कार्यबाहक अध्यक्ष समेत रहनु भएका रामप्रसाद गैरेले यस कोरोना महामारीमा अस्पताललाई सम्झेर युवा नेता तथा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले प्रदान गरेका स्वास्थ्थय सामग्रीले सहयोग पुग्ने भन्दौ विशेष धन्यबाद दिनु भयो ।यता संचार सहकारीका ब्यवस्थापक भेषराज पाण्डेले फ्रन्टलाइनरकालागि सहयोग पुराउने काम सह्रानिय रहेको वताउनु भयो ।
त्यस्तै कार्यक्रममा संचार सहकारी सस्थाका अध्यक्ष विष्णु न्यौपाने ,अस्पतालका महासचिव पोम नारायण पौडेल, अस्पतालका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोख्रेल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिँह ठकुरी, अस्पतालका डाक्टर नविन तिरुवा, बाणगंगा वेलफेयर सोसाइटीका दिनेश क्षेत्री लगायतको सहभागिता थियो । कोरोनाको महामारीमा अहिले अस्तपतालले दिनहुँ ८ देखि १० जना विरामीको उपचार गरिरहेको छ ।यता संचार सस्थाले गृहमै संचारकर्मी राखेर निरन्तर प्रशारण गरि रहेको छ ।








प्रतिक्रिया