बुटवल १४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका घटनामा निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही हुने बताएका छन् । बिहीबार बेलुकी ८ बजे कोरोना संक्रमित बिरामीको मृत्युपछि उनका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए। सोही घटनाबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै मुख्यमन्त्री पोखरेलले दोषीमाथि कारवाही हुने बताएका हुन् ।
आज बिहान ट्वीट गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ। निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही हुनेछ।’घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उता अस्पतालका स्वास्थ्यकर्मीहरुले सुरक्षानुभूतीको माग गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन् ।








प्रतिक्रिया