अर्थ-वाणिज्य

लुम्विनीमा मौन अवधी शुरु भोट माग्न प्रतिबन्ध



बुटवल १४ जेठ ।लुम्बिनी प्रदेशमा जेठ १७ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि शुक्रबार रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र म माग्न नमिल्ने निर्वाचन आयोगले जनाएको छ ।आयोगले एस.एम.एस, फेसवुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने बताएको छ ।

अन्तिम नामावलीमा नाम भएका प्रदेश सभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखले आफ्नो परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् ।राष्ट्रियसभा उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय उम्मेदवार छन् ।

प्रकाशित : १४ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६