अर्थ-वाणिज्य

प्रहरीको राशन भत्तामा १५ प्रतिशत बृद्धि



काठमाडौं, १५ जेठ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता १५ प्रतिशत वृद्धि हुने भएको छ । आगामी साउनदेखि रासनभत्ता बढ्ने अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् ।विगत ६ वर्षदेखि सुरक्षाकर्मीको रासन भत्ता बढ्न सकेको छैन । गृह मन्त्रालयले करिब ३३ प्रतिशत रासनभत्ता वृद्धि गर्न सिफारिस गरेको थियो । तर, सरकारले १५ प्रतिशत मात्र वृद्धि गरेको छ ।

हरेक जिल्लामा प्रहरीको रासनभत्ता फरक–फरक हुन्छ ।नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले रासनबापात भत्ता पाउने भए पनि नेपाली सेनाका कर्मचारीले भने ठेक्का प्रक्रियामार्फत रासन नै लिने गर्दछन् ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६