कपिलवस्तु १५ जेठ ।कोरोनाले देश आक्रान्त भएको बेला स्थानीय सरकार आफ्ना नागरीकको रक्षाको लागि फरक फरक अभ्यास मा जुटेका छन् । कपिलवस्तुका १० पालिकामा अलग अलग अभ्यास भएका छन् । यतिबेला कपिलवस्तुका स्थानिय पालिका कोरोना रोकथाम र नियन्त्रणका लागि बिभिन्न योजना बनाएर गम्भिर रुपमा लागेको पाईएको छ भने केही पालिका रोकथामका लागि अन्य पालिकाको तुलनामा अलि कमजोर भएको पनि देखिएको छन ।कोरोना भाइरसको दोस्रो लहरको चपेटामा परेको जिल्लामा नियन्त्रणको प्रयासका काम भैरहेका छन् ।
संक्रमितको संख्या बढ्दै जादा उनीहरुले उपचारका लागी आइसोलेसन नपाएर घर मै वस्नु पर्ने अवस्थालाई अन्य गर्दै धमाधम पालिकाहरुले अक्सिजन सहितको आइशोलेसन निर्माण गरिरहेका छन । जिल्लाको बाणगंगा नगरपालिकाले अहिले १५ बेडको अक्सिजन सहितको आईशोलेसन निर्माण गरेको छ । यस्तै ६ वटा एम्बुलेन्स सक्रमित ओसारपसारका लागि परिचालन भएका छन भने नगरपालिकाले स्वयम आफैले किट खरिद गरि कोरोना सक्रमित र उनीहरुको नजिक रहेका नगरबासीहरुको निशुल्क रुपमा पिसिआर र एन्टिजेन परिक्षण तिब्र गतिमा भईरहेको छ ।
यस्तै अक्सिजनको अभावलाई समाधान गर्न अक्सिजन प्लान्ट निर्माणका लागि पनि काम भईरहेको छ । यसैगरि सक्रमित घरघरमै सम्वन्धित वडाका वडा अध्यक्ष ,स्वास्थ्कर्मीको टोली जाने पौष्टिक आहार दिने संगै भेटघाटको कामलाई निरन्तरता दिईरहेको छ । यस्तै शब ब्यवस्थापन ,बिरामीहरुको ब्यवस्थापन ,अक्सिजन ब्यवस्थापन ,आइसोलेशन ब्यवस्थापनका ,सुचना प्रबाह ब्यवस्थापनका लागि जनप्रतिनिधि ,कर्मचारीबिच समिति गठन गरि प्रभाबकारी ढंगबाट काम भईरहेको नगरप्रबक्ता बिष्णु पौडेलले बताउनुभएको छ ।
यसैगरि जिल्लाको अर्को पालिका कपिलवस्तु नगरपालिकाले २२ बेडको अक्सिजन सहितको आईशोलेसन निर्माण गरेको छ । कपिलवस्तु नगरपालिकाकाले आईसियु जडित सुबिधा संपन्न एम्बुलेन्स खरिद गर्ने भएको छ । अहिलेको बिषम परिथितिलाई मध्यनजर गदै बिरामीको स्ुबिधाका लागि अत्याधुनिक एम्बुलेन्स किन्ने निर्णय गरिएको मेयर किरण सिंहले जानकारी दिनुभएको छ । एम्बुलेन्स किन्नकालागि नगरपालिकाको सामाजिक विकास संयोजक प्रकाश गैरेकोे संयाजकत्वमा खरिद समिति निर्माण गरिएको छ ।
सामाजिक विकास संयोजक गैरेका अनुसार नगरपालिकाले शब ब्यवस्थापन आफै गरिदिदै आएको छ । भने बिभिन्न संघसस्थाहरुको सहयोगमा सक्रमित र बिरामीहरु कुरुवाका लागि निशुल्क खाजा नास्ताको ब्यवस्था गर्दै आएको छ । यसै कोरोना परिक्षणको कामलाई पनि निरन्तरता दिदै आएको छ । यता बुद्धभूमि नगरपालिकाले २५ बेडको अक्सिजन सहितको आईशोलेसन निर्माण गरेको छ । यस्तै बुद्धभूमि नगरपालिकाले भने कोरोना संक्रमणबाट मृत्यु भएका घरपरिवारलाई २० हजार आर्थिक सहयोग गर्ने गरेको छ । कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्दै आएको बुद्धभूमि नगरपालिकाले विपन्न, गरिब तथा असहाय घरपरिवारका लागि २० हजार काजकिरिया खर्च दिने गरेको नगरप्रबक्ता पवन कुमार थारुले जानकारी दिनुभयो ।
होमआईसोलेसनमारहेका सक्रमितलाई स्वास्थ्यकर्मी संगै जनप्रतिनिधिले टोलीले घरमै गएर भेटघाटको काम निरन्तरता दिदै आएको छ भने निशुल्क रुपमा साताको एक दिन पिसिआर परिक्षण भईरहेको छ । यस्तै बिभिन्न समिति गठन गरि कोरोना रोकथाम र नियन्त्रणका लागि थुप्रै प्रयासहरु भएका छन ।
यसैगरि जिल्लाको अर्को पालिका शिवराज नगरपालिकाको अभ्यास हेर्ने हो भने संक्रमितको मनोवल उच्च बनाई निको बनाउन सहयोग गरेको छ । घर देखी अस्पताल सम्मको सेवा पुराउदै शिवराजको महामारीको काम अतुल्निय बनेको छ । यस पालिकामा अक्सिजन सहितको १५ बेडको आईसोलेसन निर्माण गरेका छ । सत्रंमितलाई ओसारपसार गर्नका लागि ३ वटा एम्बुलेन्स परिचालन गरिएको छ । यसका अलवा एक्सरे, ल्याव सेवा समेत संक्रमितलाइ निशुल्क प्रदान गरीएको छ । दैनिक रुपमा एन्टीजिन परिक्षण गर्ने ब्यवस्था गरीएको छ । पालिका भित्रका जनतालाई पायक पर्ने गरी ४ बटा सेन्टर बाट कोरोना परिक्षण गरिएको छ । परिक्षणको दायर बढे पछि संक्रमित हुने दर समेत कम हुदै गएको छ ।
भने संक्रमितलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गर्र्दै आएको छ भने नगरमा रहेका कर्मचारी र जनप्रतिनिधि जुनसुकै बेला पनि आआफ्नो जिम्मेवारी निर्वाहमा लागि परेको मेयर नेत्रराज अधिकारीले बताउनुभएको छ । यस्तै पिसिआर परिक्षणको काम नै निरन्तरता दिईरहेको बताउनुहुन्छ । कोरोना रोकथाम र नियन्त्रणका लागि लगानी गर्न पछि नहट्ने उहाको भनाई रहेको छ ।
यसैगरी जिल्लाको बिजयनगर गाउपालिकाले गणेशपुर स्वास्थ्य चौकीमा १८ शैयाको अक्सीजन सेवा दिने गरी आइसोलेशन सेन्टर निर्माण गरेको छ । गाउँपालिकाका केहीले सबै वडामा जनप्रतिनिधि,स्वास्थ्यकर्मि, स्वयंसेवीको टोली बनाई घर मै पुगि चेकजाच गरि उपचार गर्दै आएको स्वास्थ्य शाखाले जनाएको छ । यस्तै कोरोना संक्रमितहरूको लागि निःशुल्क एम्बुलेन्स सञ्चालन गरेको छ भने गाउपाकिाका प्रमुख उपप्रमुख चढ्न गाडी समेत सत्रंmमतिलाई बोक्नका लागि दिईने गाउपालिका अध्यक्ष गोपाल बहादु थापाले बताउनुभएको छ ।
अन्य पालिका कृष्णनगर नगरपालिका ,महाराजगञ्ज नगरपालिका ,शुद्धोधन गाउपालिका ,मायादेवी गाउँपालिका ,यशोधरा गाउपालिकाले पनि आईशोलेन निर्माण गर्नुका साथै सक्रंमितको उपचारका लागि बिभिन्न योजना बनाई काम अघि बढाईरहेका छन । पालिका भित्र कोरोना संक्रमण फैलिन नदीन चेक जाँचको दायरा समेत बढाइएको छ । यता कपिलवस्तु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले एक करोड पचास लाख रुपैयाँ दिएको छ । अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले डेढ करोड रुपैयाँ दिएकोले अव आर्थिक समस्या नहुने भएको भन्दै यसको काम पनि अघि बढिरहेको छ ।
प्रतिक्रिया