प्रदेश

आयोगद्वारा ४ मन्त्रीको मताधिकार पुनरवहाली : एमाले पक्षलाई ठूलो लाभ



दाङ १६ जेठ ।निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा सोमवार हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि  यस अघि नामावलीमा समाबेश नरहेका ४ मन्त्रीको नाम समाबेश गरेर अन्तिम नामावली सार्वजपनिक गरेकोछ । जसका आधारम ४ जना मतदाता थपिएका छन्। पार्टीले प्रदेश सांसदबाट हटाएका ४ जनालाई मतदान सुरू हुनु १६ घन्टाअघि निर्वाचन आयोगले मतदानको अधिकार दिएको हो।

निर्वाचन आयोगले आइतबार जनता समाजवादी पार्टीबाट मन्त्री बनेका ४ जना सांसदलाई पनि पूरक मतदाताको अधिकार दिएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। योसँगै लुम्बिनी प्रदेशमा ८३ जना प्रदेश सभा सदस्यले मताधिकार पाएका छन्।पाँच बजेपछि मात्रै निर्वाचन आयोगले थप ४ जना सांसदलाई पूरक मतदाताको रूपमा अधिकार दिएको हुँदा प्रदेश सभामा कूल मतदाता संख्या ८३ पुगेको हो,’ कुँवरले भने।

यसअघि जसपाको एक समूहले सांसदहरू कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयवहादुर यादवलाई कारबाही गरेको थियो। उनीहरू मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा मन्त्री छन्। उनीहरूलाई पार्टीको सिफारिसमा सभामुखले पदमुक्त गरेका थिए। ४ जनाले सर्वोच्चम मुद्दा हालेका थिए। सर्वोच्चले उनीहरूलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।

पार्टीले कारबाही गरेको हुँदा उनीहरूले मतदान गर्न नपाउने भनिएको थियो। त्यसैले प्रदेश सभामा त्यसअघिसम्म कूल मतदाता ७९ जनामात्रै रहेको निर्वाचन कार्यालयले जानकारी दिएको थियो।यो निर्वाचनमा एक जना प्रदेश सभा सदस्यको मतभार ४८ रहन्छ।निर्वाचनको पूर्वसन्ध्यामा आयोगले गरेको यो निर्णयलाई विपक्षी गठबन्धनले जालझेलको संज्ञा दिएको छ  ।अर्घाखाँचीमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य निर्वाचित चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उनलाई पार्टीले कारबाही गरेको थियो। उनी पदमुक्त भएपछि सोही ठाउँमा सोमबार उपनिर्वाचन हुन लागेको छ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने छ। विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई समूह, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेभित्रको वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कपिलवस्तुका दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ।यद्धपी यो प्रदेशमा माधव समुहले एमालेकै पक्षमा मतदान गर्ने भएका छन् ।

उनी हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिँदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए।त्यस्तै माओवादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका खड्कालाई एमालेको समर्थन छ। उनलाई जसपाको महन्थ ठाकुर पक्षको समर्थन छ।चार जनाको मताधिकार पुनरवहाली भएपछि एमालेका पक्षमा ठूलो लाभ हासिल हुने अनुमान गरिएको छ । 

प्रकाशित : १६ जेष्ठ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६