कपिलवस्तु १७ जेठ । वृद्ध भए पछि माया पाउनुको सट्टा हेला हुन पुग्छन । घरपरिवारले पनि राम्रो हेर बिचार गर्नु भन्दा पनि वुढा बुढी चाडै गइदिए हुन्थ्यो जस्तो गर्छन हाम्रो समाजमा । यदा कदा बाहेक धैरै जसो परिवारमा सबैले देखेको कुरा हो । सानो बच्चालाई जसरी हुर्काइन्छ , माया गरिन्छ , वृद्धवृद्धा भनेका त्यस्तै हुन । तर धैरै घर परिवारमा यस्तो माया अनि स्याहार वृद्धवृद्धाले पाउन सकेका छैनन । यद्यपी विगतमा भन्दा पछिल्लो समयमा वृद्ध भत्ताका कारण केहि हद सम्म वृद्धवृद्धाले स्याहार पाउन थालेका छन । एक दिन अगाडि सरकारले वजेट भाषणमा वृद्ध वृद्धाको भत्तामा वृद्धि भन्ने रेडियोमा समाचार सुन्नु भएका गुल्मी चन्द्रकोट गाउँपालिकाका ९ दशक वढि उमेरका पिताम्बर भण्डारी एक्कासि हौसिँदै खुशीले हास्न थाल्नु भयो ।
यो देखेर घरमा बसिरहेका छोराबुहारी र नाति दङ्ग भए । खुशी हुनु भएका भण्डारीले छोरालाई बोलाउदै भन्नु भयो , ‘आजदेखि मेरो पेन्सन एक हजारले बढ्यो ।यो सुनेर छोराबुहारी पनि खुशी भए । आफ्नो सक्रिय जीवन सामान्य खेतीपातीमै बिताएका आफ्ना बुबाको पेन्सन कहाँ बढेछ भन्ने उनीहरुमा लाग्यो ।’भण्डारीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत बृद्ध भत्ता सहित सामाजिक सुरक्षा भत्ता बढाएको सुनाएपछि छोराबुहारीले बल्ल थाहा पाए बुबाको पेन्सन त सरकारले दिने बृद्धभत्ता पो रहेछ । वृद्ध भण्डारीले केपी ओलीलाई जुनी जुनी बाचुन भन्दै आर्शिवाद दिनु भयो ।
भण्डारी मात्रै हैन आर्थिक वर्ष २०७८/७९ को लागि आयव्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले वृद्धभत्ता भत्ता बढाएपछि यहाँका सबैजसो बुढापाकाहरू खुशी भएका छन् । मासिक तीन हजारका दरले भत्ता बुझिरहनुभएका बृद्धबृद्धा त्यसमा थप एक हजार बढेर चार हजार पाउने भएपछि खुशी भएका हुन् ।सरकारले भत्ता बढाएको खबर नातिनीबाट थाहा पाउनुभएका कपिलवस्तु वाणगंगाका वृद्ध नैनकला शर्मा निकै खुशी हुनु भयो ।
मासिक ३ हजार रुपैयाँ बुझ्दै आउनु भएकी नैनकला मासिक ४ हजारका दरले वृद्ध भत्ता पाउने भएपछि आफ्ना छोरालाई अब त मेरो पनि भत्ता बढेकाले आफूलाई चाहिने सामान आफैले किन्न पाउने भएँ भन्दै हुनु हुन्थ्यो । उहाँले केपी ओलीको नाम लिदै खुशीले नमस्कार गर्दै जयजयकार गर्नु भयो । ‘हाम्रो सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई धैरै धन्यवाद।
अब छोरावुहारीले हेला गरे भने पनि सरकारले पाल्छ हामीलाई ।’ उहाँले खुशी पोख्नु भयो । शिवराज नगरपालिकाकी वृद्ध धनकली भुषाल पनि वृद्ध भत्ता बढेपछि खुशीको सिमा छैन । अब महिनाको ४ हजार हुने भयो भन्दै नातिनी सँगै गफिदै हुनु हुन्थ्यो । धनकलीले पनि प्रधानमन्त्री केपी ओलीलाई जुनी जुनी बाच्नु भन्दै आर्शिवाद दिनु भयो ।
आमाको भनाइ उल्लेख गर्दै छोरा सुमन भुषालले अगाडि भन्नु भयो । विसं. २०५२ सालमा नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला बृद्धभत्ता कार्यक्रम थालनी भएको थियो ।बृद्धावस्था लागे देखि घरपरिवारमै हेलाँको पात्र हुने गरेका आफूहरूका लागि सरकारले दिँदै आएको भत्ता सन्तानसरह भएको र यही भत्ताका कारण आफूहरूको जीवन चलिरहेको ज्येष्ठ नागरिकको भनाइ छ ।
प्रतिक्रिया