कपिलबस्तु १८ जेठ। नेपाल सरकारले आर्थिक वर्ष २०७८÷०७९ का विनियोजन गरेको बजेटमा सबैभन्दा धेरै रकम पाउनेमा कपिलवस्तुका छ नगरपालिका मध्ये सवैभन्दा धेरै बाणगंगा नगरपालिकालाई ६३ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ। चार गाउँपालिका मध्ये मायादेबी गाउँपालिकालाई ३९ करोड ९४ लाख रुपैयाँ विनियोजित गरेको छ । यस्तै नगरपालिकामा सवैभन्दा कम महाराजगंज नगरपालिकालाई ४४ करोड ४ लाख रुपैयाँ विनियोजित भएको छ । यस्तै गाउँपालिका तर्फ सबैभन्दा कम यशोधरा गाउँपालिकालाई ३१ करोड २९ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ ।
विनियोजित वजेट अनुसार आगामी आर्थिक वर्षका लागि कपिलबस्तु नगरपालिकामा ५५ करोड ४२ लाख, कृष्णनगर नगरपालिकामा ४५ करोड ५८ लाख, बुद्धभूमि नगरपालिकामा ५७ करोड ६७ लाख र शिवराज नगरपालिकामा ५१ करोड ४८ लाख रुपैयाँ विनियोजन भएको हो । यस्तै गाउँपालिका तर्फ बिजयनगर गाउँपालिकामा ३६ करोड ५० लाख र शुद्घोधन गाउँपालिकामा ३३ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरि अहिले प्रस्तुत बजेट मार्फत आगामी आर्थिक बर्षका लागी बिशेष अनुदानबाट महाराजगंज नगरपालिका बञ्चित रहेको छ ।
चारवटा गाउपालिका मध्ये बिजयनगर गाउपालिकाले मात्र बिशेष अनुदान प्राप्त गर्न सफल भएको छ ।त्यसो त संघीय सरकारले कपिलबस्तुका लागी बिनियोजित बजेटको आकारमा बृद्धि भएको छ । गणतन्त्र स्थापनापछि अध्यादेश मार्फत आएको यो बजेट छैठौं हो तर नेपालको संबिधान २०७२ जारी भएपछि अध्यादेश मार्फत आएको आउने यो बजेट पहिलो हो ।
अध्यादेश मार्फत सरकारले कपिलबस्तुका १० स्थानीय पालिकामा ४ अर्ब ६० करोड ७९ लाख रुपैयाँ विनियोजन गरेको छ । कपिलबस्तुमा आएको यो वजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ७ प्रतिशतले बृद्धि हो ।कुल बजेट अनुदान अन्र्तगत चालुतर्फ ४ अर्व १९ करोड ३० लाख बिनियोजित छ भने पूंजीगत तर्फ ४१ करोड ४९ लाख मात्र बिनियोजन गरिएको छ । सरकारले कपिलबस्तुका लागी समपूरक अनुदान ७ करोड ९१ लाख, बिशेष अनुदान अन्र्तगत पूंजीगत तर्फ ९ करोड ५२ लाख बजेट बिनियोजन गरेको छ ।
यसैगरि सशर्त अनुदान तर्फ चालु २ अर्ब ५६ करोड ८५ लाख र पूंजीगत २४ करोड ६ लाख गरि कुल २ अर्व ८० करोड ९१ लाख बिनियोजन गरिएको छ । कपिलबस्तुमा गतबर्ष ४ अर्ब २७ करोड ३२ लाख बजेट संघीय सरकारले प्रदान गरेको थियो ।जिल्लाका सबै स्थानीय तहमा विनियोजित बजेट अनुसार समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर सो वजेट विनियोजन भएको हो । यसैगरि अहिले कार्यसम्पादनका आधारमा समेत प्राथमिकताको आधारमा बजेट बिनियोजन समेत गरि सरकारले नयाँ प्रावधान तयार पारेको छ ।
सरकारका अर्थमन्त्री बिष्णु प्रसाद पौडेलद्धारा जेष्ठ १५ मा जारी बजेटमा न्यूनतम, सुत्रमा आधारित र कार्यसम्पादनमा आधारित अनुदान गरि समानिकरण अनुदानलाई प्राथमिकता दिई बजेट बिनियोजन गरिएको छ । जसअनुरुप समानीकरण अनुदान अन्र्तगत १ अर्ब ६२ करोड ४५ लाख कपिलबस्तुका लागी बिनियोजित छ । न्यूनतम अनुदान ३७ करोड ७५ लाख, सुत्रमा आधारित अनुदान १ अर्ब २० करोड २६ लाख र कार्यसम्पादनमा आधारित अनुदान तर्फ ४ करोड ४० लाख बजेट अनुदानको बिनियोजन भएको छ ।
यता सरकारले आगामी आर्थिक बर्षका लागी बिनियोजित बजेटमा कपिलबस्तुका चार स्थानीय तह उत्कृष्ट भई कार्यसम्पादनको आधारमा बजेट समेत प्राप्त गरेका छन् । कार्यसम्पादनमा नगरपालिका तर्फ बाणगंगा र शिवराज नगरपालिका उत्कृष्ट भएका छन् । कार्यसम्पादनमा आधारित समानीकरण अनुदानतर्फ बाणगंगा र शिवराज नगरपालिकाले समान ४९ लाख प्राप्त गरेका छन् । कृष्णनगर र महाराजगंज नगरपालिकाले समान ४८ लाख अनुदान पाउदा बुद्घभूमि नगरपालिकाले ३५ लाख अनुदान पाएका छन् । यसैगरि नगरपालिका अन्र्तगत कार्यसम्पादन कमजोर हुने नगरपालिकामा कपिलबस्तु नगरपालिकाले ३४ लाख प्राप्त गरेको छ ।
गाउपालिका तर्फ भने मायादेवी गाउपालिका र बिजयनगर गाउपालिका अब्बल साबित भएका छन् । उनीहरुले समान ४९ लाख प्राप्त गर्दा यशोधराले ४८ लाख पाएको छ । शुद्धोधन गाउपालिकाको कार्यसम्पादन फितलो रहेको पाइएको छ । शुद्धोधनले कार्यसम्पादनमा आधारित समानीकरण अनुदानतर्फ ३५ लाख मात्र प्राप्त गरेको छ ।
त्यस्तैकपिलबस्तुका १० स्थानीय तह मध्ये समपूरक अनुदान प्राप्त गर्ने पालिका दुइवटा मात्र परेका छन् । जसअन्र्तगत बुद्घभूमि नगरपालिका र बिजयनगर गाउपालिका परेका छन् । बुद्घभूमि नगरपालिकाले ४ करोड १५ लाख र बिजयनगर गाउपालिकाले १ करोड ३९ लाख प्राप्त गर्न सफल भएका छन् ।








प्रतिक्रिया