प्रदेश

खेतीपातिका नाममा भारतवाट बीउ र मल ल्याउन पाइदैन : प्रजिअ पाण्डे



कपिलवस्तु  १८जेठ।  धान खेती गर्ने सयम सूरु भए पछि लकडाउनले गर्दा कृषकहरु मारमा परको जन गुनासो आएका बेला प्रजिअ चक्रपाणी पाण्डेले निषेधाज्ञामा खेतीपाती र कृषि कर्ममा कुनै रोक नलगाइएको बताउनु भएको छ । जिल्ला कै प्रमुख बालीकारुपमा रहेको धान खेतीको सिजन सूरु भएकाले उहाले ढुक्कसंग खती गर्न आग्रह गर्नु भयो  । ‘ हामीले निषेधाज्ञामा कृषि कर्म नर्ग कुनै रोक लगाएका छैनौ ’ भन्दै मानो छरेर मुरी उत्पादन गर्न समयको सूरुवात भएकाले कोरोनाका कारण लगाइएको निषेधाज्ञामा कृषकहरुलाई केही असजिलो भएका हुन सक्ने बताउनु भएको छ  । 

कृषि कर्मकालागि बजारमा बिउ किन्न, ढुवानी गर्न, बिउ र्छन जोत्न, ट्याक्टर चलाउन, मर्मत गर्न, एग्रोभेट संचालन गर्न निर्बाधरुपमा दिइएको वताउदै  तर कृषि कर्मको नाममा भारतबाट अर्बैधरुपमा बिउ र मल तस्करीमा भने रोक लगाइएको  उहाले बताउनुभयो । कृषि कर्म गर्न कसैले रोक लगाए आफुलाई जानकारी गराउन उहाले आग्रह गर्नुभयो । उहाले स्वाथ्य मापदन्ड र सामाजिक दुरी कायम गर्न समते आग्रह गर्नु भयो  ।

जिल्लामा ७२ हजार हेक्टरमा धान खेती गरिन्छ । उता कृषक परशुराम यादवले जिल्ला कै प्रमुख बालीकारुपमा रहेको धान खेती सूरु भएकाले यस तर्फ प्रशासन कार्यालयले बिशेष ध्यान दिनु पर्ने बताउनु भयो  । उहाले कृषि कर्म तथा जिल्लामा उत्पादीत तरकारीको बजारीकरणमा समेत प्रशासन कार्याmलय र सरोकारवालाले बिशेष पहल गर्नु पर्ने माग गर्नु भयो  । 

प्रकाशित : १८ जेष्ठ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६