कपिलवस्तु १८ जेठ ।कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि कपिलवस्तुमा पटक पटक गरि चौथो चरणको निषेधाज्ञा गरिएको छ । पछिल्लो समय तेस्रो पटकका लागि थपिएको निषेधाज्ञा गएराति १२ बजे सकिएसँगै मँगलबार देखी चौथो चरणको निषेधाज्ञा जेठ २४ गतेसम्म लागु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पान्डेले जानकारी दिनुभयोे । पहिलो र दोस्रो चरणमा गरी जिल्लामा १ सय ७९ जनाको मृत्यु भएको भएपनि दोस्रो चरणमा मात्रै १ सय ४७ जनाको मृत्यु भएको कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनुभयो ।
विगतको भन्दा यो तथ्याङ्कबाट समेत संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको हो । जसले गर्दा निषेधज्ञाको समय बढाउनु परेको प्रशासन कार्यालयले जनाएको छ । झन्डै एक महिनादेखीको निषेधज्ञाका कारण जिल्लाको जनजीवन थप कष्टकर बन्दै गैरहेको छ । विकास निर्माणका काम लकडाउनमा नरोकिए पनि साना तथा मझौला उद्योग, व्यवसाय, सार्वजनिक सवारीका साधन ठप्प छन् ।








प्रतिक्रिया