अर्थ-वाणिज्य

लुम्विनीका सभामुखले चालेका कदम पूर्वाग्रह र दुरासय पूर्ण : पूर्वमन्त्री गिरी



बुटवल २० जेठ । नेकपा एमालेका लुम्विनी प्रदेश अध्यक्ष एवम प्रदेशका  पूर्वमन्त्री लिला गिरीले लुम्विनी प्रदेशका सभामुख पूर्ण वहादुर घर्तिले चालेका कदम पूर्वाग्रह र दुरासय पूर्ण रहेको भनदै समयमा सच्चीन आग्रह गर्नु भएको छ ।बुटवलमा भएको प्रदेश सभाको बैठकमा बोल्दै  पहिलो पटक सभामुख विरुद्ध चर्काे आलोचनामा उत्रिएका  पूर्वमन्त्री गिरीले कुनै पनि व्यक्तीलाई दल छोड्न छुट छ  तर एउटा सभामुख माओवादीको छापामार शैलीमा  प्रदेश सचिवालयबाट भेदभावपूर्ण व्यवहार र खेलहरुमा सिधै संलग्न हुन्छ भने सभामुखको हैसियत रहदैन उनले भनेका छन् ।

सभामुखले तथ्य निष्ट भएर र अभिभावकीय भूमिकामा  हुनुपर्ने भन्दै उनलाई सच्चीएर अघि बढ्न चुनौती दिएका हुन् । पूर्व मन्त्री गिरीले प्रदेश सरकार पूर्ण बहुमतमा रहेको बताएका छन् । प्रदेश सभाको बैठकमा विपक्षी गठबन्धनका सांसदले विश्वासको मत लिन कि राजिनामा दिन माग गरेपछि गिरिले सरकार अल्पमतमा नरहेको प्रतिक्रिया दिएका हुन्।

मैले दाबाका साथ भन्छु सरकार अल्पमतमा छैन पूर्ण बहुमतमा छ । दुई दल या अरुसँग मिलेको प्रसंग छ त्यो समयक्रमसँगै एडजस्ट हुँदै जान्छ ।उनले भने।गिरिले मुख्यमन्त्रीको सपथ ग्रहण हुदा छपामार सैलीमा घेरा हालीएको आरोप लगाए । गिरिले जनता समाजवादी पार्टीका चार सांसदको पदमुक्तको सुचना दिएर सभामुख र प्रदेश सभा सचिवालयले विधि मिच्ने काम गरेको आरोप लगाए ।

प्रकाशित : २० जेष्ठ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६