जीवनशैली

कोरोनावाट जसपाका केन्द्रीय सदस्य चौधरीको मृत्यु



कपिलवस्तु, २० जेठ । कोरोना भाइरस संक्रमणबाट जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य रामविकास चौधरी (बड्कु) को निधन भएको छ । कपिलवस्तुको बिजयनगर गाउँपालिका–७ निवासी चौधरीको गए राति निधन भएको हो । विगत एक महिनादेखि बिरामी भई उपचाररत रहेका चौधीरीको गए राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोना संंक्रमित रहेका चौधरीलाई श्वासप्रश्वाममा समस्या भएपछि विजयनगर गाउँपालिका–७ का वडाध्यक्ष दिनेश चौधरीले एम्बुलेन्स व्यवस्था गरी उपचारका लागि कपिलवस्तु जिल्ला अस्पताल पठाएका थिए ।

केही समय त्यहाँ उपचार भएपछि कोरोना नेगेटिभ आए पनि स्वास्थ्यमा भने सुधार आएको थिएन । चौधरीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि भारतको लखनऊस्थित शहर अस्पतालमा लगिएको थियो । उक्त अस्पतालमा कोरोना परीक्षण गर्दा पुनः पोजेटिभ देखिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जसपा केन्द्रीय सदस्य रवि दत्त मिश्राले जानकारी दिएका छन् ।

प्रकाशित : २० जेष्ठ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६