प्रदेश

माओवादी केन्द्रका केन्द्रिय सदस्य वाइवाको कोरोनावाट मृत्यू



सिरहा, २१ जेठ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पुराना कम्युनिष्ट नेता विष्णुलाल वाइवाको निधन भएको छ।सिरहा निवासी ७८ वर्षीय वाइवाको कोरोना संक्रमणको कारण बिहीबार साँझ झापामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वाइवा २०४८ सालमा संयुक्त जनमोर्चाको तर्फबाट सिरहाबाट सांसद निर्वाचित भएका थिए । तीन साताअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि झापा लगिएको थियो ।

आम्दा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको माओवादी केन्द्रका पोलिटव्युरो सदस्य विश्वनाथ साहले जानकारी दिएका छन् । एक साताअघि गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आए पनि फोक्सोको निमोनिया ठिक नहुँदा उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।

नेता वाइवा तत्कालीन बामपन्थी नेता जयगोविन्द साहको प्रेरणाले सानै उमेरदेखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए । सादा जीवन विताउन चाहने वाइवा सिरहालाई कार्य क्षेत्र बनाएर वामन्थी राजनीतिमा क्रियाशील थिए । सिरहाको कर्जन्हा नगरपालिका बडहरा मिर्चैया निवासी वाइबाको आज बिहान कमला नदीमा दाहसंस्कार हुने नेता साहले जानकारी दिए ।

प्रकाशित : २१ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६