अर्थ-वाणिज्य

मुख्यमन्त्री गुरुङले विश्वासको मतलिने घोषणामा विपक्षी असन्तुष्ट



पोखरा, २२ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव गरेका छन् । तर, उनको प्रस्तावप्रति विपक्षी गठबन्धनले असहमति जनाएका छन् ।

कानूनीरुपले जेठ २९ गतेभित्र विश्वासको मत लिन स्वतन्त्र मुख्यमन्त्रीले छिटोभन्दा छिटो विश्वासको मत लिएर गतिरोध अन्त्य गर्नुपर्ने विपक्षीले बताएका छन् । उनले ठूलो दलको नेताको हैसियतले वैशाख २७ गते मुख्यमन्त्रीको सपथ लिएका थिए । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्रीले एक महिनाभित्र सदनमा आफूसँग बहुमत छ भन्ने सिद्ध गर्नुपर्छ ।

शनिबार गण्डकी कार्य व्यवस्था परामर्श समितिको बैठक मुख्यमन्त्रीले विश्वासको मत लिने विषयकै कारण अनिर्णित बनेको छ । मुख्यमन्त्रीले आउँदो जेठ २७ गते विश्वासको मत लिने सरकारका प्रवक्ता रामशरण बस्नेतले प्रस्ताव गरेका छन् ।

गण्डकी प्रदेश सभामा अहिले विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ । सदनमा विपक्षीहरुले सिद्धान्त र प्राथमिकताबारे केही बोलेका छैनन्, अल्पमतको सरकारले राजीनामा दिनुपर्ने माग मात्रै गरिरहेका छन् ।

सत्तापक्षका सभासदहरुले चाहिँ आउँदो असार १ गते बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्थाका कारण बजेटसँग सम्बन्धित काम अगाडि बढाउने माग गरिरहेका छन् । शुक्रबार अर्थमन्त्री किरण गुरुङ बोलेपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा नै आइतबारसम्मको लागि स्थगित गरेका थिए ।

कार्य व्यवस्था समितिमा सभा सञ्चालनबारे सहमति नजुटेपछि आइतबारसम्म स्थगित भएको सभा कहिले चल्छ भन्ने निक्र्योल पनि हुन नसकेको सभामुख अधिकारीले बताएका छन् ।

प्रकाशित : २२ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६