जीवनशैली

सरकारमा हामी जसपाको आधिकारिकता पनि हामी : महन्थ



काठमाडौं, २२ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले  सरकारमा हामी जसपाको आधिकारिकता  पनि हामी भन्दै महन्थ ठाकुरले उपेन्द्र यादव फोरममा सििमित हुने वताउनु भयको छ। उहाँले प्रधानमन्त्री  केपी शर्मा ओलीले आफूहरुको माग सम्बोधन गर्न सक्ने जति गर्छु भनेर विश्वास दिलाएको बताउनुु भयो।   मन्त्री बनेका नेताहरू बधाई दिंदै उनले प्रधानमन्त्री ओलीले आफ्ना मागहरु पूरा गर्न थालेपछि सरकारमा गएको स्पष्ट पारेका छन् ।

‘उहाँले शुरुदेखि नै सरकारमा आउन भनिरनु भएको थियो । हाम्रो माग र मुद्दाको प्रक्रिया अघि बढेपछि सरकारमा जाने भन्यौं । जब उहाँले काम गर्न शुरु गर्नुभयो, हामीलाई विश्वास पनि लागेको छ । उहाँले म सक्ने जति गर्छु भन्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ’, उनले भने ।

जेलमा रहेका नेता–कार्यकर्ताले कानुनानुसार उन्मुक्ति पाउने पनि उनले विश्वास व्यक्त गरे । जसपा वरिष्ठ नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले पार्टीमा अहिले विभाजित मनस्थिति देखिए पनि अधिकांश नेता कार्यकर्ता आफूहरुतिर रहेको दाबी गरे । उनले अघि भने, ‘जसपा हाम्रो हो, हाम्रो रहन्छ । समय आएपछि निर्वाचन आयोगमा पनि आफ्नो मान्यता स्थापित गर्छौं ।’

प्रकाशित : २२ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६