अर्थ-वाणिज्य

लुम्विनीका तीन मन्त्रालय स्थानान्तरण दशै अघि :तीन कन्सल्टेन्सी गुरुयोजनामा



तुलसीपुर२२-जेठ। लुम्बिनी प्रदेश सरकारका तीन मन्त्रालयलाई स्थायी राजधानी देउखुरी सार्ने तयारी गरिएको छ । चालु आर्थिक वर्ष सकिएलगत्तै देउखुरीमा लुम्विनीका तीन मन्त्रालय स्थानान्तरण हुनेछन ।दशै अघि नै काम सक्ने तयारी छ  । यता तीन  कन्सल्टेन्सी गुरुयोजनाा बनाउन लागेको छन। यस्तै ग्रामीन तथा शहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्थानान्तरण गर्न थालिएको ग्रामीण तथा शहरी विकासमन्त्री हरिप्रसाद रिजालले जानकारी दिए ।

अहिले अस्थायी राजधानी बुटवल मुकामका रुपमा रहेका मन्त्रालय, निर्देशनालय तथा अन्य कार्यालय स्थायी राजधानीमा स्थानान्तरणको योजना छ । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा प्रदेश मन्त्रालयको कार्यालय स्थापना गर्न थालेको छ । पहिलो चरणमा तीन महत्वपूर्ण मन्त्रालय राप्ती उपत्यकामा स्थानान्तरण गर्न थालिएको हो । भर्खरै मात्र राप्ती उपत्यका देउखुरी मौरीघाटमा ग्रामीण तथा शहरी विकास मन्त्रालयको कार्यालय स्थापना गरिएको छ । सङ्घीयता कार्यान्वयनका लागि प्रदेशको राजधानीले नयाँ सन्देश दिएको मन्त्री रिजालले बताए ।

अहिले देउखुरीमा पूर्वाधार निमार्णको काम शुरु गरिएको छ । प्रदेशसभा बैठक सञ्चालनका लागि सभाहल निर्माणको काम शुरु गरिएको हो । सभाहल निर्माणका लागि रु पाँच करोड २१ लाखको लागतमा सुविधा सम्पन्न सभाहल निर्माणको काम शुरु भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले जानकारी दिए । चालु आर्थिक वर्षभित्र प्रदेश सभाहल निर्माणको काम सक्ने लक्ष्य रहे पनि लकडाउनका कारण निर्धारित समयमा सभाहल निर्माण सम्पन्न गर्न कठिनाइ हुने उनले बताए ।

स्थायी राजधानीको गुरुयोजना निर्माणको काम शुरु भएको छ । तीन कन्सलटेन्सी गुरुयोजना निर्माणका लागि छानिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ । राजधानीको गुरुयोजनाले राप्ती, गढवा गाउँपालिका–१, २ र ३, अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८ र ९ लाई समेटनेछ । प्रशासकीय केन्द्र, शहर, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, खेलकूदलगायत सबै प्रकारको क्षेत्र तोक्ने र सोही अनुसार डिजाइन बनाइनेछ

प्रकाशित : २२ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६