पाल्पा २३ जेठ ।लुम्बिनी प्रदेशका ३८ स्थानीय तहका कोभिड कोषमा हेफर इन्टरनेसनल नेपालले ५ करोड ३ लाख रुपैयाँ सहयोग गरेको छ । कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि स्थानीय तहले खर्च गर्न सक्ने गरी शुक्रबार उक्त रकम जम्मा गरिएको हो ।हेफर इन्टरनेशनल नेपालले कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि पाल्पाको तिनाउ गाउँपालिकाको कोभिड कोषमा जम्मा गर्न शुक्रबार १५ लाखको चेक हस्तान्तरण गर्दै । हेफरले लुम्बिनी प्रदेशका ३८ स्थानीय तहमा ५ करोड ३ लाख सहयोग गरेको छ ।
पाल्पाका स्थानीय तहले प्रदेश मै सबैभन्दा धेरै १ करोड ४९ लाख रुपैयाँ पाएका छन । गुल्मीले ८० लाख, रूपन्देहीले ६६ लाख, बाँकेले ८५ लाख, दाङले ३६ लाख रुपैयाँ पाएका छन्। अर्घाखाँचीले २५ लाख, प्यूठानले १७ लाख ५० हजार, बर्दियाले ३५ लाख, कपिलवस्तुले ९ लाख ५० हजार रुपैयाँ पाए ।सामाजिक स्रोत विकास केन्द्र नेपालको समन्वयमा कोभिड संक्रमितको उपचार र रोकथामका लागि पाल्पामा सहयोग गरेको हेफर इन्टरनेसनल नेपालका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले बताए । अन्यत्रका जिल्लामा सहयोगी गैरसरकारी संस्थामार्फत नै रकम जिल्लामा पुग्नेछ । ती संस्थाले सम्बन्धित स्थानीय तहको कोभिड कोषमा रकम जम्मा गर्नेछन् ।
प्रतिक्रिया