अर्थ-वाणिज्य

राजनीतिको कोभिडले नेकपालाई निलेको मुख्यमन्त्री राईको धारणा



विराटनगर, २४ जेठ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन
राईले राजनीतिको कोभिडले नेकपालाई निलेको बताएका छन् ।प्रदेश सभाको पहिलो
बैठकमा चार वटा उखान–टुक्का र एक गीतको ‘मुखडा’ सुनाउँदै उनले सरकारको
धारणा राखेका छन् ।
आज (सोमबार) शुरु भएको आठौं तथा बजेट
अधिवेशनमा आफ्नो धारणा राख्दै गीतका मुखडा अनि उखान टुक्का सुनाएका हुन् ।

उनले विकास र समृद्धि जनताको एक मात्र चाहना भएको कुरा दोहोर्‍याए । बैठकमा
विपक्षी दलले महामारीमा प्रदेश सरकारको कमजोर भूमिकालाई लिएर चर्को
टिकाटिप्पणी गरेपछि राईले राजनीतिक परिदृष्य तथा महामारीको विषयमा उखान
टुक्का अनि गीतको उदाहरण दिएर जवाफ दिए ।

अघिल्लो संसद् बैठकमा
आफूलाई विपक्षीले बोल्न नदिएकाले जनतालाई नयाँ वर्ष २०७८ सालको समेत
शुभकामना दिन नपाएको भन्दै पहिले शुभकामना व्यक्त गरेका थिए । ‘कोभिड
महामारी त राजनीतिक दलमा पनि देखियो । त्यसको केन्द्रबिन्दु धुमबाराही थियो
। त्यो कोभिडको संक्रमण प्रदेश र स्थानीय तह सबैतिर फैलियो’, राईले भने ।
कोभिडबाट एक वर्षभन्दा अगाडिदेखि थलिनु परेको अवस्थामा समग्र जीवनका
पक्षलाई थिलथिलो बनाएको उनले बताए ।

मुख्यमन्त्री राईले पहिलो
लहर सकिन नपाउँदै नेकपाभित्र पनि कोभिड देखा परेको र त्यसको केन्द्रबिन्दु
धुमबाराही भएको उनले बताए । ‘त्यो कोभिड प्रदेश र स्थानीय तह सबैतिर फैलियो
त्यसले कसैलाई पनि बाँकी राखेन । कसैलाई पनि छाडेन प्रदेशसभा पनि संक्रमित
भयो । यसरी कुनै राजनीतिक दललाई पनि त्यसले छाडेन । अर्को कोभिडको समेत
सामना गर्नुपर्‍यो ।

हामीले सावधानी अपनाउन सकिएन’, उनले थपे, ‘हामीले
परिपक्वता र दूरदर्शिता अपनाउन सकिएन । जोगिन सकिएन । तत्कालीन नेपाल
कम्युनिष्ट पार्टीलाई त कोभिडले निल्यो नै । केही माननीय सदस्य नयाँ रुप र
अवतार अनि पोजिसनमा यस हलमा बस्नु परेको छ । अहिले पनि सबैलाई त्यो कोभिडले
गाँजिरहेको छ । यस्तो अवस्था छ । यसले कतिबेला कसलाई निल्ने वा सक्ने हो
केही टुंगो छैन ।’

राईले नेकपाको विवादलाई ‘उडायो सपना सबै हुरीले’
भन्ने गीत जस्तै भएको सुनाए । उनले ‘झोल खान गएकी’……. खै के जाति ……..भने
जस्तो, ‘अति गर्दा खती हुन्छ’……, ‘भुइँको टिप्न खोज्दा’ के के……भयो भने
जस्तै नेकपा विवाद अनि राजनीतिक परिदृष्य देखिएको बताए ।

‘घुमिफिरी
रुम्जाटार…… भने जस्तै अब सबैचिज ट्रयाकमा आएको छ । कोभिडले धेरै ठूलो पाठ
सिकाएको छ । दोस्रो लहरले त झन् धेरै पाठ सिकाएको छ । संघर्ष गर्दै नयाँ
प्रकारले जिउने एउटा आधारहरू तयार गर्नुपर्ने छ । राजनीतिक कोभिडबाट पनि
थुप्रै पाठ सिक्नु परेको छ ।’

सरकारले महामारीमा काम गर्न नसकेको विषयमा
आफ्नो बचाउ गर्दै राईले हिउँदे अधिवेशनमा सरकारको भनाइ राख्न नदिइनु गलत
प्रकारको राजनीतिक संस्कार बसाल्न खोजिएको आरोप लगाए । आफू अघिल्लो
अधिवेशनमा उठेका विषयमा जवाफ दिन चाहे पनि विपक्षीकै कारण त्यतिकै अन्त
गर्नु परेको र त्यो बाध्यता भएको जिकिर गरे ।

प्रकाशित : २४ जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६