अर्थ-वाणिज्य

एमालेको खनाल–नेपाल समूहले जोगाई दियो मुख्यमन्त्रीको पद



धनगढी, २५ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनको पक्षमा ३० र विपक्षमा ९ मत आएको छ ।उनको पद नेकपा एमालेको खनाल–नेपाल समूहले जोगाई दिएको छ । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक थियो ।

प्रदेशमा एमालेका सभामुख बाहेक २४ सदस्य छन् । जसमध्ये खनाल–नेपाल समूहका १७ सांसदले भट्टको पक्षमा मतदान गरेका छन् ।ओली समूहका सात सदस्यले मुख्यमन्त्रीको विपक्षमा मत हालेका थिए । यस प्रदेशमा नेकपा (माओवादी केन्द्र) का १३ सदस्य छन् । १२ प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस भने तटस्थ बस्यो । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई सदस्यले भट्टको विपक्षमा मत हालेको हालेका थिए ।

प्रकाशित : २५ जेष्ठ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६