प्रदेश

यूवाको हत्यामा संलग्न ५ यूवा पक्राऊ :धारीलो हतियारवाट हत्या गरेको स्वीकार



रुपन्देही २८ जेठ । हत्या आरोपमा रुपन्देहीबाट पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ मा अवस्थामा मृत फेला परेका ३५ वर्षीय महेन्द्र यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच युवालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ कै २२ बर्षीय बलजित पासी, ३० बर्षीय दुर्गेश पासवान, २४ बर्षीय राकेश यादव, २० बर्षीय संजय पासी र २३ बर्षीय सर्वजित विश्वकर्मा रहेका छन् ।

गत आइतबार बिहान  इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक रविन्द्र महतको कमाण्डमा गएको टोलीले यादवको शव फेला पारेको थियो । मृतकको शरीरको टाउको, छाती, घाटी र गुप्तांग समेतमा धारिलो हतियार प्रहार भएको पाइएको थियो ।  जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार पुरानो रिसिईबीको कारण बदला लिने उद्देश्यले यादवको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  हत्याका अभियुक्तहरूलाई जिल्ला अदालत रुपन्देहीबाट १० दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको प्रवक्ता चन्दले बताए । 

प्रकाशित : २८ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६