अर्थ-वाणिज्य

चुरे पहाड काट्ने १५ बर्षदेखिको तयारी आफूले रोकेको उप प्रधानमन्त्री पौडेलको दावि



बुटवल २८ जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाल्पाको सिद्धबाबा डाँडो कुनै हालतमा नकाटिने स्पष्ट पारेका छन् । बजेटमा उल्लेख भएको खानिजन्य निर्माण सामग्री निर्यात गर्ने विषयमा  सिद्धबाबाको डांडासंग कुनै सम्बन्ध नरहेको उनले बताए ।लुम्बिनी टाइम्ससँग संक्षिप्त कुरा गर्दै मन्त्री पौडेलले सिद्धबाबाको डांडो काटेर दूर्घटना  जोखिम कम गर्नुपर्ने प्रस्ताब आफुसंग १५ वर्षअघि देखि आएपनि त्यसलाई अस्वीकार गर्दै आएको समेत बताए ।

‘सिद्धबाबाको डांडो चुरे पहाड हो भन्ने कुरा मलाई राम्रो संग थाहा छ ,चुरे काटिदैन र काट्न दिईदैन’मन्त्री पौडेलले भने । मन्त्री पौडेलले सिद्धबाबा क्षेत्रमा यात्रा गर्दा हुने जोखिम घटाउन विभिन्न विकल्पहरुमाथि छलफल भएपछि मात्र अन्तिममा सुरुङ्मार्ग बनाउने टुंगोमा पुगेर टेण्डर गरिएको बताए ।‘सबैभन्दा उपयुक्त विकल्प सुरुङ्मार्ग हो भन्ने निश्कर्ष निकालेर काम अगाडी बढिसकेपछि फेरि डांडा काट्ने विकल्पमा फर्किने कुरा आउंदैन, सिद्धबाबाको डांडा जोगाउनकै लागि सुरुङ्मार्ग बनाउन लागिएको हो,’ उनले भने ।  गैरकानुनी रुपले चुरेको उत्खनन् गर्ने वा वातावरणमा प्रतिकुल प्रभाव हुनेगरी उत्खनन् गर्ने र प्राकृतिक सम्पदाको दोहन गर्ने कार्य निरुत्साहित गरिने उनले बताए । 

सिद्धबाबा पहाडबाट ढुंगा खसेर ठूलो मानवीय क्षति हुन थालेपछि मन्त्री पौडेलकै अगुवाईमा जोखिम न्यूनीकरणका लागि विभिन्न विकल्पहरु खोजिएका थिए । पहिलो विकल्पको रुपमा सिंगो पहाडभरि फलामको जाली विछ्याएर खस्न लागेका  ढुंगाहरु अड्याउन ुरक नेटु र ुरक सेडु विधिको परिक्षण समेत गरिएको थियो ।उक्त विधि सफल नहुने देखिएपछि मन्त्री पौडेलले दुवैतिरका पहाड छलेर तिनाउ नदीको माथिबाट  लामो पुल बनाउने विकल्पमा पनि अध्ययन गर्न लगाएका थिए । त्यो बिकल्प निकै महंगो पर्ने भएपछि अन्तिममा सुरुङ्मार्ग नै बनाउने निश्कर्षमा पुगिएको उनको भनाई छ ।

जेठ १५ गते अध्यादेशमार्फत ल्याइएको बजेटमा खोंट भेटाउन नसकेपछि कतिपय ब्यक्तिहरुले बजेटको १९९ नम्बर बुँदालाई चुरेसंग जोडेर विवाद सिर्जना गर्न खोजेको उनको आरोप छ । सरकारले व्यापार घाटा कम गर्न ढुंगा गिट्टी बालुवा निकासी गर्ने योजना बजेटमार्फत सार्वजनिक गरेको थियो । 

प्रकाशित : २८ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६