अर्थ-वाणिज्य

लुम्विनी प्रदेशको प्रस्ताव बहुमतले पारित



बुटवल 28 जेठ । लुम्बिनी प्रदेश सभामा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई धन्यवाद दिने प्रस्ताव बहुमतले पारित भयको छ। आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि छलफल सुरु भएसंगै प्रस्ताव पारित भएको हो। । आज बसेको प्रदेश सभाको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरुले सरकारको नीति कार्यक्रममाथि छलफल गरेका थिए । आज भएको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले नीति कार्यक्रमको उद्देश्य र प्राथमिकताका विषयमा स्पष्ट पारेका थिए । उनले कोरोना महामारी नियन्त्रणलाई प्रथामिकतामा राखेर नीति कार्यक्रम तर्जुमा गरिएको बताए ।  यसअघि आजै बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश प्रमुख धर्मनाथ यादवलाई सरकारका तर्फबाट राखेको धन्यवाद प्रस्ताव प्रदेशसभामा बहुमतले पारित भएको छ ।                         सरकारको नीति तथा कार्यक्रममा विपक्षी गठबन्धनले विरोध जनाइरहेका बेला सरकारका तर्फबाट सभामा सत्ता पक्षका मुख्य सचेतक भूमिश्वर ढकालले प्रस्तुत गरेको धन्यवाद प्रस्ताव बहुमतले पारित भएको हो । बैठक भोली जेठ २९ गतेसम्मका लागि स्थगित गरिएको छ । भोली पनि नीति तथा कर्यक्रममाथि छलफल हुने छ

प्रकाशित : २८ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६