बुटवल 28 जेठ ।सन् २०१७ भित्रै सक्नेगरी सन् २०१४ मा सुरू गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पछिल्लो पटक थप भएको समयमा पनि सम्पन्न नहुने अवस्थामा पुगेको छ । यसले भैरहवाबाट बिदेश उडने सपना फेरी ६ महिना पर धकेलिएको छ ।
कोरोनाको दोस्रो लहरको कोरोना महामारीका कारण तोकिएको जुन ३० भित्रको समयमा काम सम्पन्न हुन नसक्ने भएपछि यस पटकपनि ६ महिना थप गर्नुपर्ने अवस्थामा पुगेको हो । यो संगै विमानस्थलको निर्माणको लागि हालसम्म ५ पटक समय अवधि थप गरिएको छ ।
आयोजना सुरू भएको पहिलो वर्षमै आएको महाभूकम्पको कारण अवरुद्ध बनेको निर्माणकार्य दोश्रो पटक २०७२ सालमा संविधानजारी भएपछि भारतीय नाकाबन्दी आन्दोलनका कारण अवरुद्ध भएको थियो भने २ पटकसम्म ठेकेदार र पेटी ठेकेदारबीचको विवादले धकेलिँदै गएको थियो ।
पछिल्लो पटक गएको जनवरीमा ६ महिनाका लागि थपिएको म्याद जुन ३० मा सकिदै थियो । विमानस्थल निर्माण आयोजनाका प्रमुख इञ्जिनियर प्रवेश अधिकारीका अनुसार हालसम्म करिव ९७ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ ।
बिमानस्थल निर्माणको काम अव करिव ९७ प्रतिसत सकिएको छ हामी निर्माणको अन्तिम चरणमा छौ, क्यालिब्रेसन फ्लाइटको लागि जहाज र प्राविधिक आउन नसक्दा परीक्षणको काम बाँकी रहेको छ आयोजना प्रमुख अधिकारीले भने ।
क्यालिब्रेसन फ्लाइटको लागि बाहिरबाट आउनुपर्ने जहाज र जनशक्ति आउन सके २ महिनाभित्र तयार हुने थियो तर कोभिडका कारण जनशक्ति ल्याउन सम्भव भएन उनले थपे । ’टर्मिनल विल्डिङको केही उपकरण जडान र फिनिसिङको काम बाँकी रहे पनि पूर्वाधार परीक्षण गर्न तयारी अवस्थामा छौं,’ पुगेको आयोजनाले जनाएको छ ।
विमानस्थलको आइसिभीको लागि भारतीय, थाइल्याण्ड र चिनियाँ कामदार आउनुपर्ने हुन्छ । विमानस्थलको तीन हजार मिटरको रन–वे, ट्याक्सी–वे, एप्रोन लगायतको काम सम्पन्न भइसकेको छ । टर्मिनल भवन र टावर कन्ट्रोल भवनमा उपकरण जडान गर्न र फिनिसिङको काम र आवश्यक उपकरण जडानको काम बाँकी रहेको आयोजना प्रमुख अधिकारीले बताए ।
अधिकारीका अनुसार वैशाखको पहिलो हप्तामै मौसम, संचार र विमानको दिशा पत्ता लगाउने सम्बन्धी महत्वपूर्ण उपकरण जडान सम्पन्न भैसकेका छन । ती जडान गरिएका उपकरण ठीक भए,नभएको र सही काम गरे,नगरेकोबारे विशेष विमान ल्याएर परीक्षण उडान गर्ने अवस्थामा छ
प्राविधिकमात्र होइन क्लालिब्रेसन फ्लाइटको लागि चाहिने जहाजसमेत बाहिरबाटै ल्याउनुपर्ने हुन्छ अहिले त्यो सम्भव भएन अधिकारीले भने । उक्त जाहज थाइल्याण्डबाट ल्याउनु पर्ने हुन्छ,’उनले भने, ।
आयोजना स्थलमा अहिले पनि नेपाली, भारतीय र चाइनिज गरी एक सय कामदारले काम गरिरहका छन् । अब लाइट जडान, फर्निचर फर्निसिङ, फल सिलिङ, फिनिसिङ र केही उपकरण जडानको काममात्रै बाँकी रहेको आयोजनाले जनाएको छ ।
विमानस्थल निर्माणका लागि एसियाली विकास बैंक (एडिबी) ले ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान उपलब्ध गराएको छ। त्यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्ययन प्राधिकरणको ११ प्रतिशत लगानी रहेको छ
प्रतिक्रिया