पर्यटन

लुम्विनी :प्रदेश सरकारले प्रहरीलाई पठाउदै गरेको भ्यानले लियो ज्यान



तुलसीपुर २८-जेठ । दाङमा प्रहरीलाई हस्तान्तरण गर्न लैजादै गरेको भ्यानले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ११ बजेतिर राप्ती गाउँपालिका २ लालमटिया स्थित पूर्वदेखि पश्चिम तर्फ जादै गरेको लु अअ च ५३३४ नम्बरको पिकअप भ्यानले रा १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाईकल चालक राप्ती गाउँपालिका ३ मौरीघाट निवासी अन्दाजी २२/२३ बर्षीय रञ्जित चौधरीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार लुम्बिनी प्रदेश सरकारले बाँके प्रहरीलाई प्रदान गर्न त्यस तर्फ लैजादै गरेको उक्त भ्यानले ठक्कर दिएको हो ।“ भर्खर कम्पनीबाट निकालेर प्रदेश सरकारले बाँकेको प्रहरीकालाागि दिनकालागि त्यस तर्फ लैजादै गरेको थियो”, उनले भने“तर, हस्तान्तरण भने भइसकेको थिएन् ।”सोही गाडीको चालक पनि कम्पनीकै मान्छे थिए । उक्त गाडीको अस्थायी नम्बर प्लेट हो । मृतक चौधरीको शवलाई लमही अस्पतालमा राखिएको छ । साथै मोटरसाइकललाई ठक्कर दिने प्रहरीको भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । मोटरसाइकल तीव्रगतीमा भएकोले दुर्घटना भएको प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २८ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६