अर्थ-वाणिज्य

स्थानीय सरकारको काम गर्दै बाणगंगाका यूवा



कपिलवस्तु २९ जेठ  गरीव विपन्नलाई आवास,अग्नी पिडीतलाई वसोवासको प्रबन्ध मिलाउनु स्थानीय सरकारको काम हो । तर कपिलवस्तुको वाणगंगामा यो काम केहि यूवानेताले गर्दै आएका छन् ।  सामाजिक कार्यमा सधै अग्रपंतिमा रहेर पिडीतको घाउमा मलम लगाउँदै आएको नेविसंघ र तरुण दल कपिलवस्तुले आगलागिबाट पिडीत भई खुल्ला आकाशमुनि रातदिन बिताउन बाध्य भएका परिवारका लागि घर निर्माणका लागि   डेढलाखका निर्माण सागाम्री र खाद्य सामाग्री हस्तान्तरण गरेको  नेबिसंघका क्षेत्रिय सभापती चन्द्रकान्त पोख्रेलले जानकारी दिए


प्रदिप कहारले अफ्नो परिवारमा भुजा भुटेर र लेबर काम गरेर दैनिक जिवन निर्वाह गर्दै आएका थिए । एक महिना अगाडी आगलागी भएर घर सहित सम्पूर्ण सामानहरु जलेर नष्ट भएको प्रदिप कहारको परिवारलाई कहि कतैबाट पर्याप्त सहयोग नभएको भन्ने खबर थाहा पाएपछि नेविसंघ र तरुण दलले जेठ १८ गते स्थलगत अनुगमन गरि पिडीत परिवारलाई सहयोग गर्ने निर्णय गरेको थियो । कोरोनाको यस बिसम परिस्थितीमा पानी पर्दा अर्काको घरमा ओत लाग्ने र बिदो हुँदा त्रिपालमुनिको वास बिताउँदै आएको त्यो पिडीत परिवारलाई केही दिन भित्रै सम्पुर्ण व्यवस्था गरिदिने प्रतिबद्धता गरेको थियो । १० दिनमा नै सहयोग जुटाई प्रतिबद्धता पुरा गरिएको  पोख्रेलले जानकारी दिए ।

यस्तै कोरोनाको महामारी त्यसमाथि प्रचण्ड गर्मीसँगै अकस्मात आउने हावाहुरी बाट थिचोमिचोमा परेको परिवारलाई सामाग्री हस्तान्तरण गर्दै तरुण दल कपिलवस्तुका सभापती शक्ति सिंह ठकुरीले जहाँ जसलाई दुख र समस्या पर्छ त्याहाँ नेबिसंघ र तरुण दल पुगी पीडीतहरुको घाउँमा मलम लगाउँदै आएको बताए ।

उक्त घर निर्माणका लागि करुण तण्डन, शंकर न्यौपाने, बिष्णु खनाल, मिना सुबेदी, हरिकला थापा, दीपा लामा र स्वर्गीय श्रीमती पार्बती बरालको सम्झनामा श्रीमान सुर्य बराल लगायतबाट सहयोग संकलन गरिएको थियो । सो कार्यक्रममा मुकेश खनाल, राम नक्षेत्र चौधरी, डिल मायाँ थापा, बिन्दु बिक, काशीराम चौधरी, कृष्ण पराजुली, गोबिन्द आचार्य र दिनेश क्षेत्री लगाएतको सहभागिता रहेको थियो ।

घर बनाउने सामाग्री, खाद्यान्न र लत्ता कपडा पाएपछि आगलागिबाट पिडीत भई जोखिममा दैनिकी बिताउँदै आएका प्रदिप कोहारले खुशी व्यक्त गर्दै नेबिसंघ र तरुण दललाई धन्यबाद दिएका थिए । पिडीत कोहारका १ श्रीमती र २ छोरा छन् ।विपतमा परेकाहरुका लागि सामाजिक कार्यको यस अभियानमा नेविसंघ र तरुण दलको ऐक्यबद्धता रहेको नेविसंघका क्षेत्रिय सभापती पोख्रेलले बताए ।



प्रकाशित : २९ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६